भारत र सरकारको विरोध गर्दै चितवनमा देजमोको प्रदर्शन

चितवन/नेपालको सिमा भारतीय भुमिमा पारेको भन्दै भारतको बिरोधमा उत्रिएका देशभक्त जनगणतान्त्रीक मोर्चाका नेता तथा कार्यकर्तामाथी सरकारले प्रहरी लगाएर दमन गरेको भन्दैचितवनको भरतपुरमा आज विरोध प्रदर्शन गरिएको छ । देजमो चितवनले सरकार र भारतको विरोधमा प्रदर्शन गरेका हुन ।

चौविसकोठीमा जम्मा भएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले सिमा मिचुवा भारतको विरोध गर्दा सरकारले धरपकड गरेको भन्दै सरकारको सो कार्यको निन्दा एवं भत्र्सना गरेका छन्। मोर्चाका चितवन अध्यक्ष बाबुराम प्यासीले नेता सिपी गजुरेललाई पक्राउ गरेर सरकारले नालायकिपन प्रदर्शन गरेको बताए । भारतले सिमा मिचेको विषयमा विरोध गर्दा सरकारले नेता कार्यकर्तामाथी धरपकट गर्नु निन्दनिय भएको भन्दै उनले विस्तारबादी भारतको विरोध गर्दा नेता कार्यकर्तामाथी धरपकड गर्नुको जवाफ सरकारले दिनुपर्ने बताए ।

मोर्चाका केन्द्रिय नेता घननाथ सापकोटाले सरकार ईतिहासमै सबैभन्दा नागों भएको बताएका थिए । उनले भने यो सरकारबिदेशीहरुको दलाल सरकार हो जनताले यसलाई पनि रछ्यानमा मिल्काउने दिन आउने भन्दै हिजो सिंहदरबारमा आफ्नो पार्टीका नेता सिपी गजुरेललागाएतका नेता कार्यकर्तामाथीको धरपकडको भत्र्सना गरे ।

नेता सापकोटाले हिजोको घटनाले ओली सरकारको आयु घटेको जिकिर गरे । उनिहरुले लिपुलेक हाम्रो हो, सरकार किन मौन रु, भारतिय विस्तारबाद मुर्दाबाद लगायतका नारा लगाएका थिए ।