पोखरामा २१औं सडक महोत्सब सुरु, पोखरा दिनरात जाग्नुपर्दछ : मन्त्री भट्टराई

सुर्य बराल/पोखरा /पुष १२/पर्यटकीय नगरी पोखराको लेक साईडमा आजदेखि २१ औं सडक महोत्सब सुरु भएको छ । “सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने मुल नारा सहित शुरु भएको महोत्सवको आज शनिबार एक भब्य समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले उद्धघाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा पुष १२ गते देखि १६ गते सम्म ५ दिन सञ्चालन हुने महोत्सबको उद्धघाटन गर्दै मन्त्री भट्टराईले दिनरात जाग्नुपर्ने बताएका छन् ।

उनले भने पोखरा ५ बजे नै सुत्न नहुने भन्दै अब रात भरि नै पोखरा खुल्नु पर्नेमा जोड दिए । हालका दिनमा ५–७ हजार मानिस दैनिक रुपमा हवाई यात्रा गर्ने गरेकोमा अब २०२० को डिसेम्बर सम्ममा अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण भई २०२१ को जनवरीमा सञ्चालनमा आउने बताउदै मन्त्री भट्टराईले पोखरालाई आन्तरिक बिमान स्थलको हव बनाउन लागिएको जानकारी पनि दिए । उनले भरतपुर, जनकपुर, बिराटनगर, धनगढी र सुर्खेतबाट पोखरामा सिधा हवाई उडानको ब्यवस्था गर्न भईरहेको बताउदै अब पोखरा आन्तरिक बिमान स्थलको हव हुने बताए । उनले आफु पुर्बको भएपनि पोखराको समुन्नती र बिकासमा सदैब केन्द्रित हुने बताए ।
पोखराका पर्यटन ब्यवसायीले गुनासो गर्ने होइन भन्दै मन्त्री भट्टराईले पोखराले देश भित्र र बाहिर पर्यटकीय नमुना बनेर देखाउनु पर्ने धारणा ब्यक्त गरे । उनले पोखराले केहि कुरा माग्ने भन्दा पनि सम्पन्नता, आधुनिकरण देखाउनु पर्ने बताए । उनले “फेवातालको पानीमुनी ब्यक्तिको लालपुर्जा कसरी हुन्छ रु” भन्ने प्रश्न गर्दै प्राकृतिक सम्पदामा निजि ब्यक्तिले ब्यवसाय चलाउन खोज्नु गलत भएको बताए । उनले भने फेवातालको अतिक्रमण हटाईने छ, अहिलेबाटै बुझे हुन्छ यस बिषयमा सबै गम्भिर बनि समस्या समाधानमा लागौं ।
उनले भने प्रकृतिमा खेलवाड भए त्यसको अस्तित्व सकिने जिकिर गर्दै सरकारले कुनैपनि हालतमा सार्वजनिक सम्पत्ति कुनैपनि ब्यक्तिलाई दुरुपयोग गर्न नदिने बताए । रेवानले थालेको फेवाताल बचाउ अभियानप्रशसां गर्दै गर्दै भट्टराईले त्यस कदममा सरकार सदैव साथमा रहेको बताए । उनले पोखराकोे रत्न मन्दिर हिमा पार्क सर्बसाधरणको लागी खुल्ला गर्न आफुले नेपाल ट््रष्टलाई लिखित निर्देशन दिईसकेको भन्दै त्यसले पर्यटन प्रबद्धनमा थप मधत मिल्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद राजिव पहारीले पोखरामा पर्यटकको बसाई लम्बाउन पुर्वाधार निर्माणमा जोड दिनुपर्ने कुरा ब्यक्त गरे । उनले पोखरामा रहेको खाली चौर मध्य कुनै एक चौरलाई पार्कको रुपमा बिकास गर्नुपेर्ने धारण पनि राखे । उनले पर्यटन ब्यबसायी पछिल्लो समयमा बैंकबाट प्रताडीत बनिरहेको तर्फ ईगींत गर्दै बैंक ब्याज घटाउन पहल गर्न मन्त्री भट्टराई संग माग गरे ।
पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसीले पोखरा सडक महोत्सबले सुस्ताएको पर्यटनलाई जगाउने बताउदै सडक महोत्सब देशकै ब्राण्ड बनेको बताए।
कार्यक्रमका सभापति तथा रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले पोखरामा अंग्रेजी नया बर्षमा पर्यटन भित्रिनुको मुख्य कारण सडक महोत्सब नै रहेको भन्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरे ।