काठमाडौंमा प्लटिङवालाको धन्दाः एक रोपनी किन्ने १० औं रोपनी हडप्ने

राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ । सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबीनमा यस्तो तथ्य फेला परेको हो ।

प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ ।छानबिनका क्रममा प्लटिङ गरी बिक्रीविरण गर्ने गरेको पाइएको छ ।

छानबिनका क्रममा प्लटिङ गर्नेहरुले एक रोपनी जग्गा किनेर १० औं रोपनीभन्दा बढी जग्गा प्लटिङ गरी अतिक्रमण गर्ने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।