आजबाट पोखरमा सडक महोत्सब : लेकसाइड बेहुली झै सिंगारिदैं

महोत्सबको पर्यटनमन्त्री भट्टराईले उद्धघाटन गर्दै

सुर्य बराल /पोखरा /११, पुष / मुलुकको दोश्रो पर्यटकीय नगरी पोखराको मनोरम स्थल लेकसाइड यति बेला बेहुली झैं सिंगारिएको छ । प्रत्येक बर्ष यहि समयमा सञ्चालन हुने सडक महोत्सबको निम्ती लेकसाईडलाई बेहुली झैं सिंगारिएको हो । नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आज शनिबारदेखि सञ्चालन हुने पोखरा सडक महोत्सवमा आउने स्वदेशी तथा बिदेशी पाहुँनाहरुको स्वागतको निम्ती सडक क्षेत्रलाई सिंगारपटार गरिएको हो ।

सडक महोत्सबको आयोजक सस्थाँ रेष्टुरेण्ट एसोसियन (रेवान )पोखरा तथा होटल संघ सहितका व्यवसायीहरुले स्वागत ब्यानर, लगाएतले झकिझकाउ पारी लेकसाईड क्षेत्रलाई नबबेहुली झै सिंगारेका हुन्। महोत्सबको सम्पूर्ण तयारी सकिएको महोत्सबका संयोजक रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।

आज शनिबार दिउँसो १२ बजे संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोमागाने पार्कमा महोत्सवको उद्घाटन गर्ने छन् । त्यसअघि खहरेचोकबाट सांस्कृतिक झाँकीसहितको र्‍याली हुने संयोजक भुजेलले बताए । ३ किलोमिटर क्षेत्र पैदलयात्रा गर्दै पुनं : कोमागाने पार्कमा कार्यक्रम उद्घाटन समारोहमा परिणत हुने छ ।
“सडकमै खाऔं, सडकमै रमाऔं” भन्ने नारासहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाईएको सडक महोत्सबका सह-संयोजक नरेश भट्टराईले जानकारी दिए। भट्टराईले २१ औं सडक महोत्सवमा भारतीय तथा पाकिस्तानका सांस्कृतिक समूह, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्त प्रदर्शनी हुने जानकारी दिए । महोत्सवमा बालउद्यान, राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट प्रस्तुति, कर्म ब्यान्ड, अभया एन्ड स्टिम इन्जस, माउन्ट ८८४८ को प्रस्तुत रहने पनि उनले बताए ।
यस बर्ष पनि महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न जनजातिको कला संस्कृति झल्कने भेषभुषासहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने रेबान पोखराका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले बताए ।
पोखराको हल्लन चोकदेखि खहरे चोकको करिब ३ किलोमिटर क्षेत्रमा विभिन्न तुल व्यानर तथा स्वागत गेट एवं झिलिमिली बत्तीले सडक क्षेत्रमा तामझामपूर्ण झकिझकाउ पारिएको छ । सडक महोत्सवमा बिभिन्न जातजातीका भेषभुषा, झाकँी तथा सांस्कृतिक कार्यक्रम र नाचगान एकै ठाउँमा उपलब्ध हुने साथै सडकमै विभिन्न परिकारका स्वादिष्ट खाना तथा खाजा रम्दै घुम्दै खाना खादै रमाईलो अनुभुति गर्न पाईने भएकाले पनि उलासमय महोत्सबमा एकपटक घुम्न आउनुपर्ने आयोजकहरुको दाबी छ । यस बर्षको २१ औं पोखरा सडक महोत्सव आजबाट शुरु भई पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।