तीन तले मिनी पानीजहाजको सफल परीक्षण

चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप ९मिनी पानी जहाज० सफल परीक्षण गरिएको हो ।

निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिए । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो ।

एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भने, हामी सफल भएका छाँ, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ । तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले लेखेका छन् ।