निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक

चितवन । कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको बिषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर आज सार्वजनिक गरिएको छ ।
चितवनमा छायांँकन गरिएको उक्त चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाईएको छ । कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थतीलाई ट्रेलरमा देखाईएको छ ।
शिवम अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी,गणेश गिरी र सञ्जिवनी खरेलले मुख्य भुमिका निर्बाह गरेका छन । चलचित्रमा सरिता,गणेश,सन्जीवनी संगै प्रकृती खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे,अस्मिता जुरेली, प्रतिक्षा खड्का,सूर्यप्रसाद अधिकारी, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।
गणेश गिरीको प्रस्तुती रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन भने चलचित्रकोे कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन । चलचित्रमा समिर मिया, रामेश्वर कार्की सह निर्माताको रुपमा रहेका छन । चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहेको छ ।
८० लाखको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सर समेत पास भैसकेको निर्देशक अधिकारीले बताएका छन् । बलात्कारपछि हत्या भएकी कन्चलपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको कथासँंग चलचित्रको कथा रहेकाले निर्मलाको परिबार संग लिखित अनुमती लिएर चलचित्र बनाईएको निर्देशक अधिकारीले बताएका छन । चलचित्रले रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।