उबासंघ चितवनमा चुनाबी सरगर्मी बढदै : अध्यक्षमा कडा प्रतिस्प्रधा हुने संकेत

चितवन । निर्वाचनको मिती नजिकिएसँगै उधोग बाणिज्य संघ चितवनमा चुनाबी सरगर्मी ह्वात्तै बढदै गएको छ । निर्वाचनको मिती नजिकिएसँगै उबासंघ चितवनमा अध्यक्षका प्रत्यासी लगाएतका चुनाबी प्रतिस्पर्धीहरु भित्रभित्रै सदस्यहरुको पसल एवं घरदैलोमा भोट माग्न थालेका छन् ।

उबासंघ चितवनको आसन्न निवार्चनमा अध्यक्ष सहितको दुई देखि तिन प्यानल प्यानल नै खडा हुने संकेत देखिएको छ । भित्रभित्रै प्यानल नै खडा गरी ब्यबसायीका नेताहरु चुनाबी मैदानमा होमिएका छन् । प्यानल सार्बजनिक नगरेपनि भित्रभित्रै तयारी भईरहेको र सदस्यहरुको घर पसलमा भोट माग्ने कार्य तित्र्र भएकोले निर्वाचनमा अध्यक्ष सहितको पदाधिकारी पदमा कडा प्रतिस्प्रर्धा हुने समेत देखिन्छ । हालका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र पुर्ब बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ बिच चुनाबी मैदानमा आगामी निर्वाचनमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यता, अर्का ब्यबसायी बिष्णु प्रसाद कँडेलले पनि अध्यक्षमा उमेदवारी दिने घोषणा गरीसकेका छन् । कडेल मात्र होईन अध्यक्षमा अरु आंकाक्षीहरु पनि रहेको देखिन्छ यधपी ती आकांक्षीहरु अन्य पदमा आफ्नो बार्गे्निङ्ग बढाउनलाई मात्र अध्यक्षमा उमेदवारी  दिने मनाशयमा रहेको पाईएको छ । अध्यक्ष लगाएतको पदमा उठने मनाशय र तयारी गरेका कतिपय ब्यबसायीहरु पसल पसल र घर घरमा भोट माग्न आईरहेको नारायणगढमा ब्यबसाय सञ्चालन गरी बसेका एक ब्यबसायीले बताए ।

उनका अनुसार अहिले भित्रभित्रै दुई तिन थरी समूह आफुसँग भोट माग्न आएको र आफुले सबैलाई ब्यबसायीको हितमा काम गर्नेलाई भोट दिने बचन दिएको बताए । स्मरण रहोस उबासंघ चितवनको नयाँ कार्यसमितीको लागी आगामी पौष २९ गते निर्वाचनको मिती तय भईसकेको छ । भण्डाफोर अभियानबाट