चीनबाट सिक्नुपर्ने महत्वपूर्ण पाठ

चीनले पछिल्ला केही वर्षयता जादुमय रूपमा विकास गरिरहेको छ । चिनियाँ नागरिक अहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङलाई भगवानसरह नै मान्ने गर्छन् । माओले अघि सारेको राज्यकेन्द्रित अर्थतन्त्रले चीनको विकासको मार्गरेखा तयार पारेको आमचिनियाँको बुझाइ छ । माओले चीनको विकासका धेरै फाउन्डेसन बनाएकाले नै चीनले छोटो समयमा नै जादुमय विकास गर्न सकेको चिनियाँहरूको विश्लेषण छ ।
माओले बनाएको फाउन्डेसनलाई आधार बनाएर त्यसपछिका चिनियाँ राष्ट्रपतिहरू तङ स्याओ फिङ, च्याङ चमिन, हु चिन्ताओ हुँदै हालका राष्ट्रपति सी चिनफिङले चीनको विकासमा महŒवपूर्ण भूमिका खेलेको विषयलाई चिनमा उच्च मूल्यांकन गर्ने गरिएको छ । माओको त्यही योगदानका कारण होला अहिले पनि हजारांै चिनियाँ दैनिक रूपमा नै बेइजिङको मध्य भागमा रहेको माओ मेमोरियल पुगेर त्यहाँ रहेको माओको मृत शरीरमा पुष्पगुच्छा अर्पण गर्ने गर्छन् ।
चीनका वर्तमान राष्ट्रपति सी पनि हरेक जनताको मन–मनमा बस्न सफल भइरहेका छन् । सम्भवतः उनले मुलुकको विकासमा कायपलट गर्न सकेकाले पनि हुन सक्छ हरेक चिनियाँले दैनिकजसो नै सीको समेत नाम लिँदै उनको उच्च प्रशंसा गर्ने गरेका छन् ।

चीनले छोटो समयमा नै जादुमय विकास गर्नुको मुख्य कारण त्यहाँका शासकमा रहेको इमानदारिता तथा देश र जनताप्रतिको कर्तव्यबोधको भावना मात्रै होइन, जनतामा रहेको अनुशासन र सभ्य संस्कार पनि हो । कतिपयले चीनमा प्रजातन्त्र छैन, निरंकुश शासन छ भन्ने आरोपसमेत लगाउने गर्छन् । तर, चीनमा गएर त्यहाँको वास्तविकता बुझ्दा थाहा हुन्छ, चिनियाँ जनताले प्रजातन्त्रको वास्तविक प्रयोग गरिरहेका छन् । केही अपवादलाई छोड्ने हो भने चीनमा अधिकांश जनता खुसी र सन्तुष्ट छन् ।
विकासको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाइरहेका छन् । सरकारले धेरैभन्दा धेरै जनतालाई रोजगारीको अवसर प्रदान गरेको छ । स्वास्थ्य र शिक्षामा अनुदानसमेत दिने गरेको छ । १२ कक्षासम्म निःशुल्क शिक्षा दिने गरिएको छ भने स्वास्थ्यमा पनि बिमाको व्यवस्थामार्फत अनुदान दिने गरिएको छ । चीनका भूभागमा यात्रा गर्दा र त्यहाँका नागरिकसँग साक्षात्कार गर्दा चिनियाँ जनताले वास्तविक प्रजातन्त्र र मानवअधिकारको उपयोग गरिरहेको अनुभूति जोसुकैले पनि गर्न सक्छ ।

नेपालले चीनबाट सिक्नुपर्ने सबैभन्दा ठूलो र महŒवपूर्ण पाठ भनेको रोजगारीको अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्ने नै हो । नेपाल बेरोजगारीको चरम मारमा पर्दै आइरहेकाले यहाँका योग्य र काबिल युवाहरू गरिखाने उमेरमा विदेश जान बाध्य भइरहेका छन् । तर, चीनमा सरकारले गाउँदेखि सहरसम्ममा नै व्यापक रूपमा रोजगारीको अवसर सिर्जना गरेर अधिकांश युवायुवतीहरूलाई रोजगारी प्रदान गरिरहेको छ । पर्यटनलाई उद्योगको रूपमा विकास गरेर, कला र संस्कृतिलाई संरक्षण गरेर त्यसैबाट रोजगारी सिर्जना गरिएको छ ।
गाउँबस्तीका प्रायः सबै नागरिक घरेलु उद्योग तथा कलकारखाना एवं पर्यटकीय र सांस्कृतिक संरक्षणका क्रममा सिर्जना गरिने कुनै न कुनै व्यवसाय वा रोजगारीमा लागिरहेका छन् भने सहरमा प्रविधिको उच्चतम विकास गरिएको छ । चीनले छोटो समयमा विकास गर्नुको महŒवपूर्ण पाटोको रूपमा पर्यटनको विकास रहेको छ । यसका साथै, चीनले वातावरण संरक्षण, गरिबी निवारण, प्रविधिको उच्चतम प्रयोग, एकीकृत बस्ती निर्माण, सडक, रेल तथा हवाई रुटको उच्चतम विकास, आधुनिक कृषि प्रणाली, सहर तथा गाउँको उचित व्यवस्थापनमा पनि चामत्कारिक विकास गरिरहेको देखिन्छ ।
यीमध्ये नेपालले पनि पर्यटनको विकासबाट उद्योग तथा विभिन्न कम्पनी स्थापना गरी हजारौंलाई रोजगारी दिन सक्छ । यातायातको विकास, एकीकृत बस्ती, सहरी व्यवस्थापन, प्रविधिको प्रयोग, नदीनालाको उचित व्यवस्थापन, पहाडी क्षेत्रको व्यवस्थापनलगायतको क्षेत्रमा नेपालले पनि चीनको सिको गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ । चीनको विकासबाट पाठ सिक्दै नेपालमा रहेको अपार जलशक्तिको प्रयोग गरेर विद्युतीकरण गर्नुका साथै जल पर्ययटनको विकास गरेर ठूलो संख्यामा उद्योग, कलकारखाना तथा रोजगारीको अवसर सहजै रूपमा सिर्जना गर्न सकिन्छ ।

चीनका भूभागमा यात्रा गर्दा र त्यहा“का नागरिकस“ग साक्षात्कार गर्दा चिनिया“ जनताले वास्तविक प्रजातन्त्र र मानवअधिकारको उपयोग गरिरहेको अनुभूति जोसुकैले पनि गर्न सक्छ

चीनमा प्रान्तदेखि केन्द्रसम्मकै सरकारी निकायले जेजस्ता योजना र कार्यक्रम बनाउ“छन्, ती सबै योजना र कार्यक्रमलाई व्यावहारिक रूपमा शतप्रतिशत कार्यान्वयन गर्ने गरिएको छ

चिनियाँ जनता आफ्ना शासकप्रति पूर्ण विश्वास र भरोसा गर्ने गर्छन् । जनता यति धेरै अनुशासित छन् कि एकले अर्कालाई सम्मान, सहयोग र सद्भाव दिने विषयलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्व सम्झन्छन् । हामीले नेपालमा अतिथि देवो भवः भन्छांै तर व्यवहारमा उतार्न हामी धेरै नेपालीहरू असफलजस्तै छौं । तर, चिनियाँ जनताले अतिथि देवो भवः भन्ने भनाइलाई वास्तविक रूपमा व्यवहारमा नै उतारेर देखाउने गर्छन् । स्वदेशी तथा विदेशी सबै पाहुनालाई उनीहरूले ठूलो सम्मान र सत्कार गर्ने गर्छन् । पाहुनाको इच्छा चाहना पूरा गराउन पाउनुलाई चिनियाँ जनताले आफ्नो भाग्य र कर्म दुवै सम्झने गर्छन् ।
चीनमा प्रान्तदेखि केन्द्रसम्मकै सरकारी निकायले जेजस्ता योजना र कार्यक्रम बनाउँछन् । ती सबै योजना र कार्यक्रमलाई व्यावहारिक रूपमा शतप्रतिशत कार्यान्वयन गर्ने गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीकै निर्देशनमा सरकारका सबै अवयवहरूले काम गरिरहेका हुन्छन् तर तिनका सबै काम पारदर्शी र प्रजातान्त्रिक संस्कायुक्त नै रहने गरेका छन् । दिनभर काममा व्यस्त हुनु र रातको समयमा खानपिनमा रम्नु चिनियाँ नागरिकको विशेषता हो ।
उनीहरूलाई बाहिरी संसारसँग कुनै मतलब छैन, कामलाई पूजा गर्छन् । अहिंसा र विश्वशान्तिको कामना उनीहरूको लक्ष्य हुन्छ । केही सहर त यस्ता छन्, जुन २४सै घण्टा जागा हुने गरेका छन् । ऐतिहासिक सियान सहर यस्तै विविध विशेषता बोकेको सुन्दर सहरको रूपमा रहेको छ । राष्ट्रपति सीले ल्याएको वान रोड वान बेल्ट नीतिलाई सचेत चिनियाँ जनताले आफ्नो देशको थप विकास र समृद्धिको महŒवपूर्ण आधारको रूपमा हेर्ने गरेका छन् ।
सीले एसिया, य्ुरोप, र अफ्रिकालाई जल र जमिनको बाटोमार्फत एकआपसमा जोड्ने गरी ल्याएको यो नीतिले चीनलाई विश्वकै प्रमुख आर्थिक केन्द्र बनाउने विश्वाससमेत त्यहाँको नागरिकको छ । चीनका शासक र जनता दुवै आफ्नो राष्ट्रियताप्रति निकै संवेदनशील छन् । चिनियाँ सरकार जसरी अन्य देशको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप गर्दैन ठीक त्यसैगरी त्यहाँका जनताबीच पनि एकआपसमा भातृत्वको सम्बन्ध देख्न सकिन्छ । एकअर्काबीच कुरा काट्ने र समय फ्याक्ने कामलाई उनीहरू घृणा गर्छन् ।

चीनको सरकार तथा त्यहाँका जनतामा देखिने गरेको अनुशासन, कामप्रतिको लगनशीलता, धैर्य, सहयोग, सद्भावबाट हाम्रो सरकार र हामी नेपालीले पनि पाठ सिक्नुपर्छ । विकास गर्न सरकार र नागरिकको संयुक्त सहकार्य आवश्यक पर्ने चीनको अनुभवबाट सिक्नुपर्छ । त्यहाँ कामको लागि नागरिक स्तरबाट कुनै दबाब दिनुपर्दैन । सरकार विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि निश्चित समयसीमासहितको योजना बनाउँछ र सोही समयभित्रै योजना कार्यान्वयन गराउँछ । जनताले योजना कार्यान्वयनमा सकारात्मक साथ दिन्छन् ।
सबै नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउने वातावरण छ चीनमा । सबै काम सिस्टमबाट हुन्छ । कुनै पनि प्रकारको सोर्सफोर्स र रेड ट्यापिज्मको गुन्जायस नै छैन । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई वास्तविक रूपमा व्यवहारमा उतार्न सफल भइरहेकाले पनि विकास र समृद्धि चीनको मुख्य विशेषता नै भइरहेको छ । भ्रष्टाचारको वर्गीकरण गरी उच्च प्रकारका भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानुनी प्रावधान रहेकाले भ्रष्टाचार गर्ने प्रवृत्ति दुरुत्साहन हुँदै गइरहेको छ ।

सरकारका सबै प्रशासनिक निकायमा कार्यरत व्यक्तिहरूमा देखिने अनुशासन, सभ्यता र विनम्रताका कारण सरकारको काम सिर्जनात्मक र रचनात्मक हुने गरेको पाइन्छ । चीनमा शासकहरूले जिम्मेवारीपूर्ण काम गरेकाले पनि होला हरेक जनताले आफ्ना शासकहरूलाई उच्च सम्मानका साथ हेर्ने गरेका छन् । नेपालका शासकले पनि चिनियाँ शासककै जस्तो जिम्मेवारीपूर्ण र उत्तरदायित्वपूर्ण भूमिकानिर्वाह गर्दै विकास, समृद्धि, सुशासनयुक्त कार्यशैली अपनाएर आमनागरिकको मस्तिष्क र मुटुमा बस्न सक्नुपर्छ । राजधानी दैनिकबाट