काठमाडौँ–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै


काठमाडौँ–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भावइता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ ।

उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हुने जानकारी दिए ।

उनका अनुसार निकै चर्चा पाएको काठमाडौँ–स्याप्रुबेसी सुरुङमार्गको अध्ययन भने मन्त्रालयको कार्यतालिकामा छैन । यो समाचार आजको आर्थिक अभियानमा छ ।