आज साँझ देखि इच्छाकामनामा ठूलो पञ्चमी मेला , गाउँपालिकाद्वारा भोलीआईतबार सार्वजनिक विदा

कुरिनटार, ३० कात्तिक । आज साँझ देखि शुरु हुने ठूलो पञ्चमी मेलाको निम्ती इच्छाकामना गाँउ पालिकाले भोली आईतबार सार्बजनिक बिदा दिने भएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको प्रांगणमा हरेक बर्ष मनाईने ठूलो पञ्चमी मेलाको अवसरमा गाँउपालिकाले बिदा दिन लागेको हो । गाउँपालिकाद्वारा सार्वजनिक सुचना जारी गर्दै गाउँपालिकाले मंसिर १ गते आईतबार मेलाको दिन गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सबै सार्वजनिक संघसस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिईएको जनाएको छ ।
यता, पञ्चमी मेलाको तयारी पुरा भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङले जानकारी दिए । मेलामा स्थानीय सांस्कृतिक झाँकी सहित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रश्तुती रहने छ । मेला आज साँझ देखि नै सुरु भई भोली दिनभर लाग्ने लाग्ने छ ।
मेलामा चर्चित लोक दोहोरी गायक विष्णुखत्री सहित चन्द्र परियार, पृथ्वी गुरुङ सितल गुरुङ, काजल गुरुङ, सरिता गुरुङ, प्रिति गुरुङ, निश्चल गुरुङ, पवनश्री परियार, सान्तोष थपलिया, मनिष थापा, सुमन आले गोविन्द रिजाल, किसान बाबु राना लगायतको लोक तथा दोहोरी प्रश्तुती रहने आयोजक श्री सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष राप्रसाद बोहोराले जानकारी दिए।
“कृषि, पर्यटन, शिक्ष, वातावरण र पूर्वाधार, नमुना इच्छाकामना गाउँपालिका निर्माणको मुल आधार” भन्ने मुल नाराका साथ धर्म संस्कृतिकको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना हुने मेलाको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ ।
परापूर्वकाल देखिनै मेला लाग्दै आएको यस ऐतिहासिक प्रसिद्ध धामिर्क स्थल इच्छाकामना मन्दिरमा देशका विभिन्न ठाउँबाट बाजागाजा सहित पञ्चवली,फुलको डोली र बली चढाउने गर्छन ।