महानगर स्तरीय अन्तरविद्यालय बक्तित्वकला प्रतियोगिता सम्पन्न

वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज भरतपुर महानगरपालिका स्तरीय अन्तरविद्यालय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका भित्र रहेका २३ वटा विद्यालयका ३७ जना विद्यार्थीहरु सहभागी रहेका मध्य अरोमा बोर्डिगं स्कूलका आरती काफ्ले प्रथम, एस ओ एस बालग्रामका अलका आचार्य द्दितिय र स्मल हेभन बोर्डिगं स्कूलका पल्लव क्षेत्री तृतिय भएका छन् ।
वक्तित्वकलामा परिक्षा पौडेल र आकृति सापकोटाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नं २ का प्रदेश सभा सदस्य विजय सुवेदीले वालकुमारी माध्यमिक विद्यालयमा पुर्नजागरणको आवश्यकता रहेको औल्याए।उनले विद्यालयको पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए ।

स्वर्ण महोत्सब सगै शिक्षाको विकास गनेर्, विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने जस्ता क्रियाकलापले पक्कै पनि विद्यालयको प्रतिष्ठा उचो वनाउने विश्वास ब्यक्त गरे । सासंद सुवेदीले ४६ बर्ष अगाडिको सम्झना गर्दै आफु पनि यहि बिद्यालयमा कक्षा ६ मा अध्ययन गरेको बताए। बक्तित्वकला प्रतियोगितामा साहित्यकार गोविन्दराज विनोदी,केदारनाथ खनाल र रमेश प्रभातले निर्णायकको भुमिका निभाएका थिए ।

बिद्यालयका प्राचार्य नारायाण बहादुर थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधान,सहायक प्रधानाध्यापक,शिक्षक अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया,वालमाविद् अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधान,पूर्व प्रधानाध्यापक शरदरञ्जन श्रेष्ठ लगाएत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
बिद्यालयले स्वर्ण महोत्सवकै अवसरमा शुक्रवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम राखेको जनाएको छ ।