ग्रेटर नेपाललद्धारा अहिले साढे ११ बजे भारतीय दुतावास घेराउ गरिँदै

आज (शुक्रबार) अहिले केहीबेरपछी साढे ११ बजे भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले जनाएको छ । ग्रेटर नेपाल मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारको लाचारीपन भएको बताए । मोर्चाले शुक्रबार साढे ११ बजे भारतीय दूतावास घेराउन गर्ने भएको हो ।

भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको छ । जसमा नेपालको विशाल भूमि भारतले आफ्नो नक्सा राखेको हो । गत ०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नाकाबन्दी गरी सम्बन्ध बिगारेको भारतले पुनस् ओली सरकारकै पालामा नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको हो ।
सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । सोही कालीनदी नै नेपाल–भारतको सिमाना हो । तर भारतले पटक(पटक त्यस क्षेत्रलाई आफ्नो देशमा पार्नका लागि कोशिस गर्दै आएको छ । अघिल्लो वर्ष पनि सोही भूमिलाई आधार बनाएर भारत र चीनले मुख्य नाका खोल्ने कोशिस गरेका थिए । उक्त समयमा पनि नेपालमा विवाद भएको थियो । नेपालमा विवादपछि भारतले सो कुरालाई सच्याएको थियो । तर भारतले उक्त क्षेत्रमा तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि मिचेको छ ।
नेपाल र भारतको सिमाना हुने विवादमा नेपाल सरकारले कुनै चासो नदेखाएकाले पनि भारतले अतिक्रमणको नीति लिएको विज्ञहरुले जनाएको छ । त्यसो त भारतको यो अतिक्रमणलाई छिमेकी चीनले पनि औपचारिक रूपमै साथ दिएको छ । सोही अनुसार नेपाललाई जानकारी नदिई लिपुलेक भञ्ज्याङबाट व्यापार गर्न चीन र भारतले चार वर्षअघि नै सम्झौता गरेका थिए ।
नेपालको भूमि मिचेर सार्वजनिक गरेकोमा भारतीय नक्सामा अरु देशहरु पनि समावेश गरिएको छ । जसलाई पाकिस्तानले भारतको यो हर्कतको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ । यसै गरी नेपालका विभिन्न दलले विरोध जनाउँदै आएको छ ।
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ ।

यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो । जम्मूकश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ ।

यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ ।
परराष्टको एउटा काईते बिज्ञप्ती बाहेक अहिले सम्म सरकारले आफ्नो धारणा सार्बजनिक गरेको छैन ।