मुग्लीन बजारमा पार्किङ्ग शुल्कको नाममा अबैध असुली

गाउँपालिका बेखबर, प्रहरी मुकर्दशक? तत्काल रोकिने : एसपी मल्ल

सुर्य बराल । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा अबैध असुली भईरहेको खुल्नमा आएको छ । स्थानिय कल्बको नाममा स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली भईरहेको हो । स्थानिय त्रिबेणी युवा कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले यस्तो अबैध असुली धन्दा मच्चाएका हुन् ।

‘त्रिबेणी युवा कल्बद्वारा सञ्चालित स शुल्क पार्किङ्ग तथा सरसफाई सहयोगार्थ रसिद’ प्रति गाडी साना सवारीको रु ५० र ठुला सवारीको रु ७० सम्म लिईएको छ । रसिदमा ७० लेखिएको भएपनि रकम उठाउनेहरुले थर्काउर्दै थप रकम लिने गरेको एक पिडीत ब्यबसायीले भण्डाफोर अभियानलाई जानकारी दिए । उनका अनुसार कल्बको रसिद काटेर अनिवार्य रुपमा रकम बुझाउनुपर्ने भएकाले आफुहरु अनावश्यक मारमा परेको भएपनि स्थानिय प्रहरीले समेत सुनवाई नगरेको उनीहरुको गुनासो छ । स शुल्क पार्किङ्गबाट दैनिक हजारौं रुपँया उठने गरेको एक स्थानिय ब्यापारीले जानकारी दिए ।

स्थानिय सरकार तथा अन्य कुनै निकायबाट स्विकृती समेत नलिईकन कल्बको नाममा धाक धम्कीकै भरमा अबैध असुली भईरहेको भएपनि नजिकै रहेको ईलाका प्रहरी कार्यालय मुग्लीङ्ग भने मुकर्दशक भई बसिरहेको छ । कल्बका अध्यक्षले कस्को संरक्षणमा चुरीफुरी र दादागिरी गरेको  हो त्यो चासो र खोजीको बिषय बनेको छ  । दैनिक हजारौं रुपयाँ उठ्ने मुग्लीनको पुरानो पुल लगाएतको सो सार्बजनिक स्थानलाई स शुल्क पार्किङ्गको रुपमा कस्को बलमा अबैध असुली भईरहेको छ, थप खोजीको बिषय बनेको छ ।                                                                                

यसैबिच यस बिषयमा बुझ्न खोज्दा कल्बका अध्यक्ष श्रेष्ठले आफुहरुले निजी जग्गा भाडामा लिई रकम असुलेको जिकीर गरे । अध्यक्ष श्रेष्ठले निजी जग्गा भाडामा लिई पार्किङ्ग स्थल बनाएको बताए पनि सो स्थानका जग्गाधनी खुम प्रसाद पन्तसँग बुझ्दा उनले आफुसँग पार्किङ्गको लागी कोही जग्गा भाडामा लिन नआएको बताए । उनले अगाडी थपे मेरो जग्गा देखाएर सडकमा पार्किङ्ग गरेको भन्दै आपत्ती जनाए । यता, गाँउपालिका का उपाध्यक्ष कृर्तीकुमार श्रेष्ठसँग सम्पर्क बुझ्दा यस बिषयमा आफुलाई केही थाहा नभएको बताए ।
मुग्लीङ्ग प्रहरीको समेत मिलेमतो
ईलाका प्रहरी कार्यालयबाट ५० मिटरको सो स्थानमा रहेको सार्बजनिक जमिन र त्रिशुलीको पुरानो पुलमा पार्किङ्गको नाममा अबैध असुली भईरहेको भएपनि ईलाका प्रहरी कार्यालय मुग्लीनले अबैध कार्य गर्नेहरुलाई कार्बाही गर्नुको साटो उल्टो उनीहरुकै हो मा हो मिलाएर मुकदर्शक बनि बसीरहेको छ । यस बिषयमा कुरा गर्दा ईलाका प्रहरी कार्यालय मुग्लीनका प्रमुख प्रहरी निरिक्षक कञ्चन लामाले सार्बजनिक स्थानमा कुनै पार्किङ्ग नभएको भन्दै अबैध असुली गर्नेहरुकै संरक्षणको भाषा बोलेका छन् ।
अबैध हो : गाउँपालिका प्रमुख
यसैबिच ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङ्गसँग ‘त्रिबेणी युवा कल्ब’लाई मुग्लीन बजारमा स शुल्क पार्किङ्ग उठाउन दिईएको हो भनेर हामीले प्रश्न गर्दा अध्यक्ष गुरुङ्गले आफुलाई यसबारे कुनै जानकारी नभएको  बताईन् । उनले भनिन खोई कस्ले के भनेर उठाएको छ, मलाई थाहा छैन् म यसबारे बुझ्नेछु । उनले अगाडी थपिन अध्यक्षलाई थाहा छैन, बिना टेण्डर खै कसरी कस्ले पार्किङ्ग शुल्क उठाएको छ, त्यो अबैध हो ।
तत्काल रोकिने : एसपी मल्ल
यसैबिच, स शुल्क पार्किङ्गको नाममा ‘त्रिबेणी युवा कल्ब’ले मुग्लीन बजारमा गैह्रकानुनी रुपमा अबैध असुली गरिहेको गुनासो आईरहेको छ, प्रहरीले के हेरिरहेको छ ? भनि हामीले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ललाई सोधेका थियौं जवाफमा मल्लले गैंह्रकानुनी असुली तत्काल रोकिने बताए । उनले मुग्लीन प्रहरलिाई आफुले तत्कालै उक्त स शुल्क पार्किङ्ग रोक्न निर्देशन दिने बताए । यो र यस्ताखालेअबैध धन्दाको बारे हामी थप खोजीनिती गर्दै जानेनैछौं ।