Breaking News

अतिरिक्त शुल्क फिर्ता नगरे भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने : प्रकाश चन्द


चितवन । चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने साथै भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकार सम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो बताएका हुन। समितिले डा. गोविन्द केसीले शिक्षा क्षेत्र सुधारका लागि जारी राखेको आन्दोलनलाई पनि साथ दिने निर्णय गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि हालतमा अतिरिक्त शुल्क फिर्ता र समायोजन गराइछाड्ने र कानुनअनुसार यी मेडिकल भ्रष्ट, दलाल, माफिया र गुण्डाहरूलाई कारबाही गराइ छाड्ने अठोट लिएको पनि जानकारी गराउँछौं ।’

संयुक्त, विज्ञप्तिमा भनिएको छ, ‘देशैभरिका मेडिकल शिक्षा अध्ययन गरिरहेका प्रगतिशील विद्यार्थीहरूको अथक प्रयासपश्चात् आज देशैभरिका मेडिकल विद्यार्थीले मेडिकल माफिया र मेडिकल भ्रष्टचारका विरुद्ध जीवनमरणको सङ्घर्ष चर्काएका छन् र सङ्घर्षबाट अत्तालिएका मेडिकल भ्रष्ट माफियाहरूले कहिले गुण्डा त कहिले प्रहरीलाई प्रयोग गरी विद्यार्थीको आन्दोलनलाई दबाउन दुष्प्रयास गरिरहेका छन् । आज हाम्रो कानुनी राज भएको राज्यमा विद्यार्थी दिनदहाडै गुण्डाबाट निर्ममतापूर्वक कुटिँदा र राज्यले नै गरेको निर्णय लागू नहुँदा, अझ ठाडै उल्लङ्घन हुँदा र चरम रूपमा भ्रष्टचार हुँदा राज्यको मौनता किन टुट्दैन रु यो प्रश्नले आज यी कलिला, भविष्यमा देश परिवर्तन गर्न सक्ने शक्तिको मनमा जरो मात्र गाडेको छैन, यो राज्य व्यवस्थाप्रति पनि मनमा चिसो प्रश्न उठ्न थालेको भान भएको छ ।’

चन्द र भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘के यो राज्य व्यवस्थामा भ्रष्टचारशून्य सहनशीलता भनेको हैन र रु के यो राज्य कानुनी राज्य हो रु यहाँ अपराधीलाई कारबाही हुन्छ भनेको हैन र रु के आम नेपाली जनताको पसिना बगाएर कमाएको धनले छोराछोरीलाई राज्यले तोकेको शुल्कमा पढाउँछु भन्न नपाइने हो र रु राज्यले तोकेको शुल्क नमानेर बढी पैसा असुल्नु ठगी हैन र रु अपराध हैन र रु भ्रष्टाचार हैन र रु यी र यस्ता प्रश्न आज सबै मेडिकल शिक्षा लिइरहेका विद्यार्थी र उनीहरूका आमाबुबाको मनमा उठेको छ । अनि यो प्रश्नहरूको जबाफ सरकारले दिन नसक्दा हामीले के बुझौँ सरकार रु हाम्रो अझै पनि अनुरोध छ– तुरुन्त यी माफियालाई कारबाही होस् र २०७२/०७३ देखि यताका सबै स्नातक तहका अतिरिक्त रकम फिर्ता होस् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चितवन मेडिकल कलेजले केही दिनअघि गरेको भ्रमपूर्ण पत्रकार सम्मेलनबाट आम चितवनवासी विद्यार्थी र अभिभावकलाई चितवन मेडिकल कलेजले अतिरिक्त शुल्क समायोजन ग¥यो भन्ने भ्रममा नपर्न र त्यो विद्यार्थी र अभिभावक र आम जनतालाई भ्रम छर्नका लागि गरिएको षड्यन्त्र मात्र हो भन्ने कुरामा स्पष्ट रहन पनि अनुरोध गरिन्छ । साथै अब आउने सङ्घर्ष काठमाडौंमा गर्ने र डा। गोविन्द केसीको आन्दोलनले उठाएका जायज मागका लागि विद्यार्थीलेल पनि सङ्घर्ष चर्काउने बेहोरा पनि यसै पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जबसम्म मिति २०७२/०७३ देखि भर्ना शुल्क राज्यले आजसम्मको तोकेको अनुसार कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन हुँदैन तबसम्म विद्यार्थीले सबै कार्यक्रमहरू बहिष्कार गरी निरन्तर सङ्घर्ष चर्काउने, कानुनी राज्य भएको राज्यबाट कुनै पनि हालतमा अतिरिक्त शुल्क फिर्ता र समायोजन गराइछाड्ने र कानुनअनुसार यी मेडिकल भ्रष्ट, दलाल, माफिया र गुण्डाहरूलाई कारबाही गराइछाड्ने अठोट लिएको पनि जानकारी गराउँछौँ । साथै यो आन्दोलन मेडिकल शिक्षा लिइरहेकाहरूको मात्र नभई आम नेपाली जनताको भएको हुँदा हामी सम्पूर्ण मेडिकल विद्यार्थीले तपाईं बुद्धिजीवी, पत्रकार, कलाकार, देशभक्त, राष्ट्रसेवक कर्मचारी अग्रज एवम् साथीहरूलाई यो आन्दोलनलाई सहयोग गरी देशको स्वास्थ्य स्थिति र स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुग्ने किसिमको बनाइदिनहुन यसै पत्रकार सम्मेलनमार्फत अनुरोध गरिन्छ ।’

sahid diwas