गैंडाकोटका घुमुवा प्रहरी नै गुण्डागर्दीमा

प्रहरीको आक्रमणमा परी एक स्थानीय गम्भिर घाईते, घाईतेको उपचार हुँदै ।


२०७६। कार्तिक १३ गते । नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. २ नारायणी टोलका एक स्थानिय प्रहरीको कुटाईबाट गम्भिर घाईते भएका छन् । घाईते प्रेम आले मगरलाई गएराती नैं चितवन, भरतपुरको चितवन मेडिकल कलेजको आईस्युमा राखी उपचार भईरहेको छ ।
घाईते मगरलाई गैंडाकोट प्रहरीमा कार्यरत प्रहरी जवानहरु गणेश खनाल, मिन लामिछाने र बिगत लामो समय गैडाकोट प्रहरीमा घुमुवाको रुपमा कार्यरत रहि केही समयअघिदेखि बाग्लुङ्ग जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बिरेन्द्रजङ्ग लामाको समूहले अन्धाधुन्ध मरणसन्न हुनेगरी कुटपिट गरेका हुन् । नारायणी टोलका स्थानियहरु चाड पर्ब मनाउदैं रमाईलो गरीरहेको अवस्थामा के को हल्ला खल्ला हो भन्दै आफै मापसे गरी टिल्ल परी आएका स्थानियले बताएका छन् ।
स्थानिय प्रत्यक्षदर्शीका अनुसार सादा पोशाकका प्रहरीले एक्कासी हातपात गरेको र हातपात भईसकेपछी स्थानिय युवाहरुले त्यस्को प्रतिकार गर्ने क्रममा प्रहरी जवानहरु लामा र खनाल सामान्य घाईते भएका थिए । सो हानाहानमा केही स्थानिय समेत घाईते भएका थिए । पछी सादा प्रहरीहरुले हामी प्रहरी हौं भनेपछी स्थानिय युवाहरु भागेका थिए ।
पहिलो घटनामा दोहोरो झडप हुँदा स्थानियको कुटाई खाएका सादा पोसाकका घुमुवाहरु पुनं. प्रहरी दलबलसहित आई योजनाबद्ध रुपले आक्रमण गरेको स्थानिय बासीहरुले बताएका छन् । प्रहरी हो भन्ने चिनेपछी युवाहरु भागाभाग गरेको नारायणी टोल बिकास सस्थाका अध्यक्ष प्रदिप तामाङ्गले बताए । युवाहरु भाग्ने क्रममा प्रहरीले अरु थप प्रहरी बोलाई युवाहरुलाई लखेटेको र सोही क्रममा आलेलाई प्रहरीले कुटेको अध्यक्ष तामाङ्गले जानकारी दिए ।

दोहोरो हानहानमा भागेका युवाहरुलाई लखेट्ने क्रममा प्रहरीले घटनामा सम्लग्नै नरहेका प्रेम आलेलाई लखेटी लखेटी बोटे टोलको पृथ्बीचोक स्थित नेपाल कारिदास भवन अगाडी लडाई बुटैबुट र हातमा रहेको डण्डाले टाउकै टाउकामा हानी रक्तामे बनाएको स्थानियले बताए । स्थानिय प्रत्यक्षदर्शी अर्जुन श्रेष्ठका अनुसार बेहोस अवस्थामा लडेका आलेलाई प्रहरीको समूहले लगातार हानी बेहोस अवस्थामै प्रहरी कार्यालय लगेको आफुले देखेको त्यसपछी के भयो आफुलाई थाहा नभएको र प्रहरीको डरले गर्दा आफु बाहिर ननिस्किएको बताए ।

यता, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक दिपक कार्की सँग बुझ्दा उनले शुरुमा घटनाबारे आफुलाई केही थाहा नभएको बताएपनि हामीले पुनं. केही समयपछी कुरा गर्दा उनले घटनामा अन्यत्रकै बिरेन्द्र लामा सम्लग्न रहेको गैंडाकोट प्रहरीको कोही पनि सम्लग्न नरहेको दाबी गरे । हामीले घटनामा गैंडाकोटकै दुई प्रहरी सम्लग्न रहेको स्थानिय प्रत्यक्षदर्शीले देखेको र त्यस्को प्रमाण समेत रहेको बताएपछी प्रहरी निरिक्षक कार्की नाजवाफ भए ।

यता, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक मोहनचन्द्र पोख्रेलले समेत घटनामा गैंडाकोट प्रहरीको सम्लग्नता नरहेको भन्दै गैंह्रजिम्बेवारीपना देखाए । एसपी पोख्रेलले नवलपुर प्रहरीलाई पानीमाथीको ओभानो देखाउदै घटना लामाले मात्र गराएको भन्दै गुण्डागर्दीमा सम्लग्न आफु मातहतका प्रहरीहरुलाई जोगाउन खाजे ।

यता, वडा नं. २ का वडाअध्यक्ष ध्रुब पोडेलले जनताको सुरक्षामा लाग्नुपर्ने प्रहरीले नै यसरी मापसे गरी गुण्डागर्दी शैलीमा स्थानियबासीलाई अक्रमण गर्नु दुखद एवं निन्दनिय भएको भन्दै दोषि प्रहरीहरुलाई तत्काल कानुनी कार्बाही हुनुपर्ने बताए ।

यसैबिच, घाईतेका परिवारले घटनामा सम्लग्न तिनैजना प्रहरी बिरुद्ध ज्यानमार्ने उधोगमा मुधा किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।