यस्ता घरधनीलाई कस्ले कार्बाही गर्ने ?

चितवन । नारायणगढ बजारमा रहेको शिल मार्केट गत भाद्र २० गते खरिदबिक्रि भयो । अमेरिकामा बस्ने नेपाली मुलका अमेरिकन नागरिक कृष्णभाई प्रधानसँग शहिदचोकमै सुनचाँदी ब्यबसाय सञ्चालन गर्दै आईरहेका जय श्रीकृष्ण सुनचाँदी पसलका सञ्चालक लेखराम बि.क. ले त्यो घर किने । करिब ६० कोठाको चारतले घर खरिद गरेका बिकले घर पास गरे लगत्तै ब्यबसायीहरुलाई २५ गते नै भाडा बढेको उर्दी जारी गरे । ब्यबसायीहरुले मनपरिरुपमा बढाईएको भाडा नतिर्ने घोषण गरे । १३ सटर सहित १६ जना ब्यबसायी भाडामा रहेको सो घरमा बस्ने ब्यबसायीहरुले एक बर्ष नहुँदै डबल भन्दा बढी भाडा दिनुपर्ने भएपछी नेपाल घरबहाल उपभोक्ता मञ्चमा घरधनी बिरुद्ध उजुरी नै दिए । मञ्चमा ब्यबसायीहरुले सामूहिक रुपमा भाद्र ३१ गते नै निबेदन दिएका थिए । मञ्चले ब्यबसायीको निबेदन असोज १ गते दर्ता गरायो । नेपाल घरबहाल उपभोक्ता मञ्चका अध्यक्ष हरि शर्मा पौंडेलले भने मनपरीरुपमा भडा बढाउन दिदैनौं । अध्यक्ष शर्माले आफुहरुले घरधनी बिकलाई कार्यालयमा उपस्थित गराई मनलाग्दी भाडा नबढाउन भनेका भनदै कुनैपन हालतमा ब्यबसायीले बढी भाडा नदीने बताए ।
दुई दुई बर्षमा १० प्रतिशतका दरले भाडा बढाउने नियम भएपनि बिकले १ बर्ष नहुँुदै ११३ प्रतिशतसम्म भाडा बढाउन खोजेको भन्दै नियमबिपरित ब्यबसायीलाई जर्बजस्ती भाडा बढाउन खोजेको ब्यबसायीहरुले बताएका छन् ।
 कसरी पुग्यो रकम अमेरिका  ?
बि.क. र प्रधानबिच घर खरिद बिक्रि हुँदा बि.क.ले १८ करोडमा कारोबार भएको खुल्नमा आएको छ । जस मध्ये बिकले जनता बिकास बैक नारायणगढबाट रु ७ कराड लोन लिएको भएपनि अन्य रकम के कसरी अमेरिका पठाए त्यो रहस्य र आशंकाको घेराभित्र रहेको देखिन्छ । श्रोतले दिएको जानकारी अनुसार नारायणगढका धनाढ्य प्रेमकुमार श्रेष्ठका आफन्त पर्ने अमेकिन नागरिक प्रधानको उक्त घर बिक्रिको रकम श्रेष्ठ मार्फत नै ब्यबस्थापन गरिएको र त्यो बाँकी रु ११ करोड रकम माच्छापुछे्र बैंक, देव विकास बैक, गरिमा बैंक र पछी हुण्डी मार्फत अमेरिका पठाएको हुनसक्ने श्रोतको दाबी छ । चितवनमा बिगतदेखि हुण्डीको कारोबारमा सम्लग्न गिरोहले नै उक्त रकम अमेरिका पठाएको हुनसक्ने देखिन्छ । यो एउटा सानो उदाहरण मात्र हो घरधनीहरुले के कसरी कर छल्ने गर्छन भन्ने । घरधनीहरुले यहाा बहालकर मात्र होईन कम मुल्याकंन देखाई लाभ कर र आयकर समेत छलेको देखिन्छ । त्यति मात्र होईन यी घर धनीहरुले वर्षै्िपच्छे मनलाग्दी भाडा वृद्धि गरी ढाड सेक्ने कार्य गरिरहेका छन साथै न्यु बहालकर समेत ब्यबसायीहरुबाटै भराईरहेका छन् । यी घरधनीहरुलाई कस्ले कहिले कार्बाही गर्ने ? सरकारले सरकारी निकायले या ब्यबसायी तथा जनताहरुले ? यस बिषयमा राजस्व अनुसन्धान बिभाग, सम्पति सुद्धिकरण बिभाग, भरतपुर महानगर लगाएतका निकायहरुले अनुगमन र अनुसन्धान गरी कर छल्नेहरुलार्य बेलैमा कार्बाही गर्नुपर्ने देखिन्छ । भण्डाफोर अभियान साप्ताहिकबाट