कर छल्नेहरुलाई खोई कार्बाही ?

सुर्य बराल / चितवनमा करछली बढीरहेको भएपनि नियामक निकायहरुको बेवास्ताको कारण करछली गर्ने प्रबृती बढीरहेको छ । बिगत लामो समयदेखि आन्तरिक राजस्व कार्यालयले उठाउदै आएको घरबहाल कर स्थानिय सरकारलाई जिम्मा हस्तान्तरण भईसकेको पनि दुई बर्ष भईसक्यो । तर जिल्लामा रहेका घरधनीहरुले कर छली गरिरहेको भएपनि स्थानिय निकायहरुको बेवास्ता र मुकर्दशकीताले गर्दा लाखौं मात्र होईन करोडौं कर छली भइृरहेको छ । जिल्लाको मुख्य बजारक्षेत्र रहेको नारायणगढ भरतपुर क्षेत्रका घर धनीहरुले लामोसमयदेखि कर छली गरिरहेका छन् । उनीहरुले एकातिर न्युन देखाई घरबहाल कर छली गरिरहेका छन् भने अर्कोतिर सटरहरु बेच्ने, सलामी लिने, डिपोजिटको नाममा ब्यबसायीको रकम बिना ब्याज चलाउने जस्ता गैंह्रकानुनी कार्य गरिरहेका छन् । घर धनीले मात्र होईन कतिपय बयबसायीहरुले समेत ब्यापक मात्रमा कर छली गरिरहेको भएपनि नियामक निकाउहरु मुकर्दशक बसिरहेका छन् । ब्यापारीहरुले बिक्रि गरेको बस्तुको बिल नदिने, स्टिमेट बिल मात्र दिने, भ्याटबिल नदिने, भन्सारबाटै समेत सेटिगं मिलाई कम बिजकीकरण गरी कम भन्सार तिर्ने । कतिपय ब्यापारीहरुले मौंकामा चौका हान्दै लागत मुल्यभन्दा बढी मुल्य लिई सेवाग्राही उपभोक्ता ठगी गर्ने कार्य गरिरहेका छन् । नारायणगढमा रहेका केही ब्यापारीहरुले सेटिगंकै भरमा बर्षौंबाट यस्तो धन्दा चलाएका छन् । उनीहरुलाई न त् राजस्व कार्यालयले कार्बाही गर्छ, न स्थानिय निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय र सरकारको रुपमा रहेको महानगरले नै कार्बाही गर्न सकेको छ । उनीहरले भन्सार देखि आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान बिभागसम्म आफ्नो सेटिगं मिलाई निर्वाद ब्यबसाय गरिरहेका छन् । उनीहरुको कालो धन्दामा लगाम लगाउन नसक्दा त्यसले बजारमा कालो अर्थतन्त्र मौंलाईरहेको छ भने स्वच्छ ब्यबसाय गर्नेहरु बजारबाट बिस्थापित बन्दै जानुपर्ने अवस्था पैदा भईरहेको छ । त्यस्तो कालो अर्थतन्त्रको रुपमा अहिले अबैध मिटरब्याजी धन्दा र ढुकुटी रहेका छन् । यस्तो अबैध बितृय कारोबारमा पूर्ण करछली मात्र होईन त्यस्ले जनता समेत मारीरहेको छ । यस्ता मिटरब्याजी धन्दावालहरुकै समाजमा बोलबाला बढनु र प्रहर,ि प्रशासन र राजनितीक क्षेत्रमा रहेकाहरुले समेत त्यस्तै अपराधीहरुसँग उठबस गर्नुले सर्बसाधरण आम जनता त्रसित बन्नुपरेको छ । जस्ले गर्दा नेपालको मुख्य बजारक्षेत्रमा कालो बजार मौलाउने र १० प्रतिशत भन्दा बढी ब्यबसायीहरु प्रतिबर्ष बिस्थापित बन्दै गरेको अवस्था छ । अत् अबैध कारोबारी, कर छलुवा र कालो बृत्तिय कारोबार गर्नेहरुको पहिचान गरी तत्काल कार्बाही गर्ने काम गर ।