‘चिहानमा पुगेकाहरु अब कुनै हालतमा ब्यूतिन नसक्ने : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले चिहानमा पुगेकाहरु अब कुनै हालतमा ब्यूतिन नसक्ने बताएका छन् । देश विदेशका षडयन्त्रकारी र परिवर्तन विरोधी प्रतिक्रियावादीहरुले जतिसुकै षडयन्त्र गरेपनि त्यो सफल नहुने प्रचण्डले बताएका हुन् ।

प्रचण्डले महान उदेश्य र समर्पणका लागि लागेकाहरुको अपमानित गर्ने वा अवमूल्यन गर्ने र वदनाम गर्ने नियोजित षडयन्त्र सफल नहुने वताए ।

चिहानमा पुगेकाहरु पून ब्यूतिने सम्भावना नरहेको भन्दै सिंहको अगाडी स्यालहरु आएर चुनौति दिन नसक्ने प्रचण्डले बताए ।

सिंह सिंह नै रहने र स्याल स्याल नै हुने भन्दै तुलना गर्न नमिल्ने प्रचण्डको भनाई थियो ।

हाम्रो मक्सद पार्टीलाई फेरि क्रान्तिकारी बनाउने, आर्दशुमखी बनाउने, नैतिक चरित्रले अगाडी बढाउने आवश्यकतामा जोड दिन जरुरी रहेको प्रचण्डले बताए ।

फेरि त्यस्तै पार्टी वनाउने संकल्प गरेमात्र जनयुद्ध र जनआन्दोलनका सहीदप्रति सच्चा सम्मान गर्नु अवस्था आउने प्रचण्डको भनाई थियो ।

प्रचण्डले वाग्लेहरु माओवादी आन्दोलन र पार्टीका मात्र नभई राष्ट्रकै लागि योगदान गरेका नेता रहेको भन्दैै उनीहरुको योगदानलाई प्रेरणा बनाएर लैजानुपर्ने वताए ।

पार्टीभित्रका राजनीतिक संर्घष, अन्तरसंर्घषलाई ठीक ढंगले परिचालन गर्ने कुरामा वाग्लेको अग्रणी भूमिकामा रहने गरेको प्रचण्डले बताए ।

तत्कालिन माओवादीका वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले ९वासु०को २१ औं स्मृती दिवसका अवसरमा आज नेकपा केन्द्रीय कार्यालय धुम्वराहीमा आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन ।

२०५६ भदौ २३ गते पार्टीको महत्वपूर्ण कामको सिलसिलामा गोरखाको गाँखुमा पुगेको बेला विशेष कमाण्डो फोर्स ले सुरेश वाग्ले ९वासु० र भिमसेन पोखरेल ९वैरागी० लाई कब्जामा लिई गोली हानेर हत्या गरिएको थियो ।

त्यही वेला देखि ततकालिन माओवादीले यो दिवस मनाउदै आएको थियो । माओवादी र एमाले एकतापछि नेकपाले पनि यो स्मृति दिवसलाई मनाउदै आएको छ ।

शहीद सुरेश वाग्लेको आफ्नो वैचारिक स्तर र निष्ठाका कारण, चरित्र र प्रवृतिका कारणले, समर्पण, त्याग र वलिदानका हिसावले पोलिटब्यूरो भन्दा माथिल्लो स्तरको रहेको प्रचण्डले बताए ।

हामी सिनियर नेताहरु पनि वाग्लेको अगाडी नतमस्तक रहेको भन्दै वाग्लेले विचार राखेपछि शीर्ष नेताहरु नै झुक्नुपर्ने अवस्थाको रहेको प्रचण्डको भनाई थियो ।

चरित्र निश्कलंक र पारदर्शी रहेका कारण पनि वाग्लेले आफनो नैतिक वलबाटै नेतृत्वलाई पाठ सिकाईरहेको वताए ।

पार्टीले जनयुद्धको शुरुवात गर्दा केन्द्रीय समितिमा त्यसवेला १९ जना थियौं, त्यसको अन्तिम वैठक गोरखामा बसेको र त्यसको ब्यवस्थापन सुरेश वाग्लेले गरेको घटनाको पनि प्रचण्डले स्मृति दिवसको कार्यक्रममा स्मरण गरे ।

जनयुद्ध तयारीको अन्तिम बैठकको बैठक र सहभागिता रहेका नेताहरु चिनिनु पर्छ भनेर फोटो समेत खिचेको स्मरण गदै जनयुद्धमा जानका लागि उत्प्रेरण दिने पात्रका रुपमा वाग्ले रहेको प्रचण्डले वताए ।

वासुको हत्या निर्ममर्तापूर्वक हत्या गरिएपछि त्यसको आक्रोश देशभर फैलिएर माओवादी जनयुद्धमा संग्लन्न हुने राजनीतिक कार्यक्रर्ताको संख्या गुणत्मक रुपले वृद्धि भएको प्रचण्डको भनाई थियो ।

कम्यनिष्ट आन्दोलनलाई अध्याधिक बहुमत वनाएर लोकप्रिय वनाएका त छौं, तर वैचारिक निष्ठाको दृष्टिकोणले, राजनीतिक परिवपक्वताका दृष्टिकोणले हामीले वाग्लेको स्मरण गरिरहनु पर्ने वताएका थिए ।

एकाथरी मान्छेहरुले क्रान्तिकारी नेतृत्व र आन्दोलनलाई वदनाम गर्ने षडयन्त्र पनि गरिरहेको भन्दै त्यसबाट सचेत हुनुपर्ने प्रचण्डको भनाई थियो ।
यस्तै, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेकपा अहिले जुन स्थानमा रहेको छ, त्यो शहीदहरुको योगदानकै कारण भएको बताएका छन् । केन्द्र, प्रदेश देखि स्थानिय तहसम्म कम्युनिष्ट पार्टीले प्राप्त गरेको उपलब्धी शहीदहरुको योगदानकै कारण भएको बताए ।

वाग्लेसँग ब्यक्तिगत सम्बन्ध बनाउने, भेटघाट गर्ने अवसर नमिलेपनि वाग्ले लगायत सम्पूर्ण सहिदले जुन उदेश्य र आर्दशका लागि वलिदान गरेका थिए, त्यसका लागि अहिले कम्युनिष्टहरु एकतावद्ध हुदै गएको नेता खनालले बताए ।

सामान्तवादका विरुद्धको संर्घष जनक्रान्तिका रुपमा विकसित हुदै गएर सामान्ती राजतन्त्रलाई खेदेको खनालको भनाई थियो ।

संघीय लोकतान्त्रिक गणतनत्रलाई सस्थागत गर्नका लागि करिव १० वर्ष लागेपनि सस्थागत गरेको उनले वताए । संविधानसभामार्फत संविधान निर्माण भएको भन्दैै वरिष्ठ नेता खनालले त्यसका लागि सहीदहरुको योगदान अमूल्य रहेको बताए । वाग्लेको सपना पूरा गर्न फेरि एक्पटक कम्युनिष्टहरुले ढृढ संकल्प गर्नुपर्ने खनालले वताए ।

१५ महिना अगाडीको एकतालाई करिव अन्त्य तिर लगेको भन्दै खनालले अव वाकी एकताका काम पनि अव छिट्टै सकिने बताएका छन् । एकतालाई चाडो सम्पन्न गर्ने पहिलो कार्यभार रहेकोर ८ लाख कार्यकर्तालाई राष्ट्रब्यापी रुपमा अगाडी बढाएर लाग्ने काम अगाडी आएको खनालको भनाई थियो ।

त्यस्तै, पार्टीका प्रचार विभाग प्रम्ुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ५ वटा विशेषताको समकेन्द्रीत नेताका रुपमा शहिद सुरेश वाग्लेको रहेको स्मरण गरे । सरलता, स्वच्छता, क्रान्तिकारिता, जुझारुपन रहेको र जनतासँगको सम्वन्ध वलियो रहेको संगम विशेषता भएका ब्यीक्त वाग्ले भएको श्रेष्ठले बताए ।

वाग्लेको श्रद्धान्जलीको अर्थ नेपालको क्रान्तिलाई पूर्णतामा लैजाने दिशा मात्र भएको श्रेष्ठको भनाई थियो ।

नेपालको क्रान्तिलाई परिवर्तनको यो दिशासम्म ल्याउनेमा वाग्लेको योगदान रहेको श्रेष्ठको भनाई छ ।

तत्कालिन कार्यक्रमका रुपमा जनताले के पाए भन्ने सामाजिक न्याय सहितको समृद्धि । त्यसले समाजवाद आधार तयार पार्नेछ ।

रणनीतिक लक्ष्यका रुपमा समाजवाद हुदै साम्यवादमा जाने दिशामा अगाडी बढ्नु नै वाग्लेप्रतिको सञ्ञचा श्रद्धान्जली हुनेछ ।

अब एकता टुंगो लगाएर सिंगो पार्टी नेतारकार्यकर्तालाई एकतावद्ध बनाउने र सरकारलाई हरहालतमा सफल बनाउने काम गर्नुपर्ने दुई कार्यभार अहिले कम्युनिष्टहरुको रहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।