डेंगु रोग:कारण र लक्षण तथा नियन्त्रणका केही उपाय

मौसम परिवर्तनसँगसँगै डेंगु, चिकनगुनिया, मलेरिया तथा भाइरल ज्वरो को समस्या पनि बढ्दो रुपमा देखा परेको छ । अझ नेपालको सन्दर्भमा डेंगुले धेरैको ज्यान लिइसकेको छ र रोग फैलिंदोरुपमा देखापरिरहेको छ । डेंगु यस्तो रोग हो जुन लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । वुद्धको दाँजोमा डेंगु रोग बच्चाहरुमा तीव्ररुपमा सर्ने गर्दछ । डेंगुको समय जोर्नी तथा एकदमै टाउको दुख्ने गर्दछ ।

यस्ता छन् डेंगु लाग्ने कारणहरु 
एडीज इजिप्टी नामक लामखट्टेले टोकेमा डेंगु फैलिन सक्छ । डेंगु सार्ने लामखुट्टेले विशेषत बिहानको समयमा टोक्ने गर्दछ । यी लामखुट्टेहरु विशेषगरी सफा स्थिररहेको पानी र पानी ट्याङ्कीको वरिपरिे घुम्ने र रहने गर्दछन् । डेंगु एकप्रकारको भाइरल इन्फेक्सन हो । यो भाइरस चार प्रकारको हुन्छ स् डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४ हुने गर्दछ । लामखुट्टेले टोकेमा यसको भाइरस मानिसको शरीरमा प्रवेश गर्दछ ।

डेंगुका लक्षणहरु 
–निरन्तर ज्वरो आउनु, टाउको दुख्नु
–आखाँ दुख्नु, उल्टी आउनु,
– स्वासप्रस्वास गर्न गाह्रो हुनु,
– शरीर, जोनई तथा पेट दुख्नु,
– शरीर सुनिनु, अनुहारमा रातो दाग देखापर्नु,
–कसैको शरीरमा रक्तस्राव हुनु । मुख, नाक तथा गिजाबाट रगत आउनु । यस्तो अवस्थामा डेंगु हेमोरेजिक फिभर भन्ने गरिन्छ ।
– पिसाबको रंग रातो हुनु जस्ता केही डेंगुका लक्षणहरु छन् ।

डेंगुमा अपनाउन सकिने केही घरेलु उपाय
अवस्था गम्भीर भएमा अस्पताल जानु जरुरी नै छ । डेंगुको घरमा सहज उपचार गर्न गाह्रो पर्दछ । तथापि यस्ता केही घरेलु उपचारले डेंगुबाट बच्न सकिन्छ ।
– डेंगुका बिरामीले तरल पदार्थ सेवन गर्नुपर्दछ । जस्तो कि सुप, कागती पानी तथा जुसको सेवन गर्नुपर्दछ ।
– यो एक किसिमको भाइरल इन्फेक्सन भएकाले एन्टीबायोटिक खानु जरुरी छैन ।
– ज्वरो आएको खण्डमा प्यारासिटामोल चक्की दिनुपर्दछ र चिसो पानीपट्टी टाउकोमा राख्दा ज्वरो कम गर्न सकिन्छ ।
– रोगीको शरीरमा रक्तस्राव हुन लागेमा प्लेट्सलेट्स आवश्यक पर्दछ किनकि यस रोगमा प्लेट्सलेटको मात्रा घट्छ ।
– ज्वरो २ देखि ७ दिनसम्म रहनछ । यस समयमा प्लेट्सलेट्सको मात्रा घट्न जान्छ र पछि पुनः बढ्न थाल्दछ । यस्ता लक्षणहरु देखापरेमा तुरुन्त अस्पताल जानुपर्दछ । (एजेन्सी)