नारायणगढका ठुला पसलहरुद्वारा करोडौ राजस्व छली !

सरोकारवाला निकाय मुकर्दशक की मिलीभगतमा ?

चितवन नारायणगढका केही ठुला पसलहरुले सेटिङ्ग मिलाएर बर्षौबाट निरन्तर करोडौ राजस्व छली गरिरहेको भएपनि सरोकारवाला निकायहरु नतमस्तक देखिन्छन् । भण्डाफोरलाई गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका दर्जन भन्दा बढी कम्पनी र ब्यापारीहरुले सेटिङ्गमै बार्षिक रुपमा करोडौं राजस्व छली गरिरहेको खुल्नमा आएको हो । भारत र बङ्गलादेशबाट समेत आयत हुने जुस र जंङ्कफुड लगाएतका आयतकर्ताहरुले समेत करोडौंको राजस्व छली गरेको पाईएको हो । ति आयतकर्ता र ठुला कपडा पसलेहरुले न्युन बिजीकीकरण र कम कम परिणाम देखाई भन्सारदेखि सेटिङ्ग मिलाई मिलेमतोमै करोडौंको राजस्व छली गरेको पाईएको हो । त्यस्तै कतिपय आयतकर्ता र कपडा सहित अन्य पसलेहरुले समेत रातको समयमा अन्य खुल्ला स्थानबाट क्यारिङ्ग गराई पोका पोका बनाई नेपाल तर्फ रहेको गोदाममा लुकाई छिपाई राखी नारायणगढसम्म सामान ल्याउने गरेको बुझिएको छ । बिंरगञ्ज, ठोरी, सुनौली र दिल्ली रुटमा सञ्चालनमा रहेका बस तथा जिपहरुबाट सामान ल्याउने गरेको पाईएको छ । त्यस्तै कतिपयले भन्सार देखि नै भरिया लगाई नारायणगढसम्म पोका ल्याउने गरेको पाईएको छ । त्यस्ता पोकाहरु कतिपय प्रहरी चौंकी र प्रहरीका माथिल्ला हाकिमहरुसँगको सेटिङ्गमा निबार्द रुपमा चितवनसम्म आउने गरेको पाईएको छ । त्यस्तै अधिंकासले नारायणगढमा रहेका केही ट्रान्सपोर्ट कम्पनीहरु मार्फत आफ्नो अबैध धन्धालाई बढवा दिएका छन् । नारायणगढमा रहेको पशुपति लगाएतका केही टान्सपोर्टबाट अबैध सामानको ओसारपोसार गर्ने गरेको खुल्नमा आएको छ । पशुपतिका साथै अन्य केही टान्सपोर्टबाट समेत तस्करीका समान ओसारपोसार हुने गरेको खुल्नमा आएको हो । टान्सपोर्टका सञ्चालकहरुले प्रहरी समेत मिलाउने भएकाले ब्यापारीहरुलाई भन्सार छल्न सहयोग पुगेको देखिन्छ । यसरी भन्सारमा कम मुल्यांकन गराई ल्याईएका तथा चोरी छिपाई भन्सार छली गरी ल्याईएका समानहरुको भ्याट विल समेत नकाटी भ्याटमा समेत छली हुने गरेको पाईएको छ । यस्तो कारोबारमा नारायणगढको शहिदचोकमा रहेको रामकुमार गुप्ताको रामकुमार कपडा पसल एक नम्बरमा रहेको श्रोतको दावी छ । गुप्ता सँगै नारायणगढमै रहेको श्रीकृष्ण सेल्स लगाएतका एक दर्जनभन्दा बढी कपडा पसलले मात्र करोडौं राजस्व छल्ने गरेको भएपनि राजस्व कार्यालयले बेवास्ता गर्नुलाई मिलीभगत नभने के भन्ने ? त्यस्तै भारतीय सिमा जोडिएको पर्साको दक्षिण पश्चिम ठोरी छोटी भन्सारबाट सिमा क्षेत्रमा रहेका प्रहरी र शसस्त्रका केही प्रहरीसँगको साँठगाठमै तस्करहरुले तस्करीका सामान चितवनको माडी हुँदै नारायणगढसम्म ल्याउने गरेका छन् । श्रोतका अनुसार नारायणगढको कमलनगरमा रहेको सोनु, गुप्ता लगाएतका आदा दर्जन कपडा पसलले सोही बाटो हुँदै कपडा तस्करी गर्ने गर्दछन् । ठोरीमा रहेको छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेको फाईदा उठाउदै तस्करहरुले शसस्त्र सिमा सुरक्षा बलको ठोरी र माडी स्थित पोष्ट, नेपाल प्रहरीका आदा दर्जन चौकी र चितवन राष्ट्रिय निकुञ्जका आदा दर्जन पोष्टहरुसँगको मिलीभगतमा निर्बाद तस्करी बढाईरहेको पाइएको छ । त्यस्तै,अन्य ठुला कपडा पसलले समेत अबैध कपडाको कारोबार गरिरहेको बुझिएको छ । श्रोतका अनुसार ति पसलेहरुले यो एक सिजनमा करोडौको भ्याट छली गर्ने गरेको श्रोतले जानकारी दिएको छ । गुप्ताबाट कपडा खरिद गर्ने एक ब्यबसायीका अनुसार आफुहरुलाई गुप्ताले जहिलेपनि ईस्टिमेट विल दिने गरेको र भ्याटविल माग्दा सामान महङ्गो पर्ने भन्दै उनले बिल नदिने गरेको बताए । गुप्ता र अन्य ब्यापारीहरुले ब्यापक मात्रमा भ्याट छली गरेको विषयमा सम्बन्धित निकायलाई थाहा भएपनि मुकर्दशक बस्नुलाई निकै अर्थपूर्णरुपमा हेरिएको छ । यसरी गुप्ता र उनीजस्ता अबैध कारोबारीहरुको अगाडी राज्यसंयन्त्र किन यति धेरै निरिह छन ? या उनीहरुसँगैको मिलीभगतमा करोडौंको राजस्व छली भईरहेको हो खोजीको बिषय बनेको छ । आम सर्बसाधरण जनता बुझन चाहान्छन किन यीनिहरुमाथी कार्बाही हुदैंन ? या कहिले हुन्छ ?