कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् स्थानीय कर्मचारी

स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो ।

स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ ।

यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर उनीहरु कार्यालयमा उपस्थित नै नभई तलब भत्ता भने नियमित बुझिरहेका छन् ।

राज्यले तोकेको तहमा खटाइएका कर्मचारीले हिजोआज सदरमुकाममै बसेर हाजिरी गर्दै आएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अर्जुन बोहराले लेखेका छन् ।