बिप्लव नेकपाका राप्ती ईन्चार्ज अमर गोपाली कार्बाहीमा


चितवन / नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा चितवनले पार्टीका राप्ती ईन्चार्ज अमर गोपालीलाई कार्बाही गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी ध्रुबले गोपालीले पार्टी निती तथा बिधान बिपरित कार्य गरेकाले निजलाई जिम्बेवारीबाट मुक्त गरेको बताएका छन् । भण्डाफोर अभियानका प्रधानसम्पादक सुर्य बरालसँग कुरा गर्दै सेक्रेटरी ध्रुबले गोपालीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । सेक्रेटरी ध्रुबले पार्टीको निती बिपरित कतिपय प्रशासनसामु आत्मसमर्पण गरिसकेका र भगौडाहरुले ब्यापारीहरुसँग चन्दा उठाईरहेको खुल्नमा आएकोले बिगतमा नेकपामा काम गरेका तर पछी पार्टी छाडेका त्यस्ता ब्यक्तिहरुले पार्टीको नाम जोडेर जर्बजस्ती चन्दा उठाईरहेको जानकारीमा आएकाले जिल्लामा चन्दा उठाउने पार्टीको तत्काल कुनै कार्यक्रम नरहेको समेत जानकारी दिएका छन् । अर्को एक प्रसंगमा सेक्रेटरी ध्रुबले जिल्लामा भु माफिया, मिटरब्याजी र ढुकुटी सञ्चालकले आम सर्बसाधरणलाई प्रहरी प्रशासन र गुण्डागर्दीको आडमा धम्याउदै चरम शोषण गरेको, जर्बजस्ती चेक काट्न बाध्य पार्ने र बेघरबार पार्ने गतिबिधी बढेको पाईएकाले जनबिरोधी कार्यमा संम्लग्न त्यस्ता माफिया, सुदखोर र शोषकहरुलाई छानी छानी जनकार्बाही गर्ने चेतावनी दिए । त्यस्तै पार्टीका बिरुद्ध जासुसी गर्नेहरुको बारे पार्टीले अनुसन्धान गरिरहेकोले पार्टी बिरुद्ध जासुसी नगर्न उनले चेतावनी दिए । प्रहरीलाई कार्बाही गर्ने आफ्नो पार्टीको कुनै निती र कार्यक्रम नरहेको तर आफुहरुको पिछा गर्ने, सादा पोशाकमा हिडदै कार्यकर्ता समाउन खोज्नेहरुलाई पार्टीले आवश्यक प्रतिरोध गर्ने चेतावनी दिए ।