एक वर्षदेखी धम्क्याउदैं नियमित बलात्कार

५ महिनाको गर्भ रहेपछि घटना सार्वजनिक

श्रावण २५, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । विगत एक वर्ष देखि १६ वर्षिया किशोरीलाई ललाई फकाई पटक पटक बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–५, सखुबनीका ५८ वर्षीय सूर्यबहादुर स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्बोले युवतीलाइ धम्कि पनि दिने गरेका थिए ।

पीडित किशोरीको जाहेरीका आधारमा स्याङ्बोलाई पक्राउ गरी जवरजस्ती करणी सम्वन्धी मुद्दा चलाएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक ९एसपी० गोपालचन्द्र भट्टराईले जानकारी दिए । पीडित किशोरी पाँच महिनाका गर्भवती भएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईश्वरपुर नगरपालिका–१३, स्थित गौरीशङ्करमा जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गाउँकै १५ वर्षीया किशोरीलाई उखुबारीमा लगी बलात्कारको प्रयास गरेको आरोपमा २० वर्षीय युवक कृष्ण महतो पक्राउ परेका हुन् । महतोविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक भट्टराईले बताए । राजधानीबाट ।