चितवनको भरतपुरमा इनारमा खसेर महिलाको मृत्यु

चितवन – चितवनको भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपुरको गैँडाकोट घर भई माइतीमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो । इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् ।

अस्पताल ल्याईएकी भुषाललाई डा.ले मृत घोषणा गरेका थिए ।