एनसेलका ३५ टावरमा आगजनी, सुरक्षा चुनौति गम्भीर बन्दैं !

किन र के का लागि ?

 श्रावण १७, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्।

आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ। नेकपाले भोजपुरको रामप्रसाद राई गाउँपालिका९१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरको सोलार प्यानल तोडफोड गरेको छ।

नेकपा कार्यकर्ताले मोरङको पथरीशनिश्चरे नगरपालिका९६ मंगलबारेस्थित एनसेल टावरमा बुधबार राति आगजनी गरेका छन्। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा क्षति पुगेको डीएसपी लक्ष्मीराज अधिकारीले बताए।

यस्तै नेकपा कार्यकर्ताले धादिङका तीन ठाउँका ३ वटा एनसेल टावरमा आगजनी गरेका छन्। सिद्धलेक गाउँपालिका९६ कुम्पुरडाँडामा रहेको टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ। डीएसपी रूपक खड्काका अनुसार धुनीबेसी नगरपालिका९४ जीवनपुरस्थित एनसेलको टावरमा आगजनी भएको छ। नेकपाले थाक्रे गाउँपालिका९३ जुरेथुममा रहेको टावरमा पनि आगजनी गरेको छ। आगजनीबाट टावरका अब्टिकल केबल, तार र सोलार प्यानलमा क्षति भएको छ।

नेकपा कार्यकर्ताले नुवाकोटको बेलकोटगढी नगरपालिका९४ स्थित दशचरपेटारेमा रहेको एनसेल टावरमा आगजनी गरेका छन्। आगजनीबाट १५ लाख रुपैयाँ बराबरको सामग्री क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

नेकपाले मकवानपुरको थाहा नगरपालिका ७ चिसापानीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। थाहा नगरपालिका ३ कटुवाल डाँडास्थित एनसेल टावरमा पनि सो समूहले आगजनी गरेको छ।

इन्द्रसरोवर गाउँपालिका ३ चिरीभन्ज्याङस्थित एनसेल टावरमा पनि आगजनी गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। उनले भने, ‘तीन वटै ठाउँमा जुटको बोरा बालेर आगजनी गर्ने प्रयास भएको देखिन्छ तर क्षति खासै भएको छैन।’

विप्लव नेकपाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ। दुईवटा टायर र ग्यासको सिलिन्डर बालेर टावरमा आगो लगाउँदा सामान्य क्षति भएको छ।

विप्लव नेकपाले ललितपुरको कोन्जोस्योम गाउँपालिका९२ मा रहेको एनसेल टावरमा पनि आगो लगाउने प्रयास गरेको छ। बुधबार राति १० बजेतिर नेकपा कार्यकर्ताले टावरमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलका प्रवक्ता नारायन चिमरियाले बताए।

नेकपाले कास्कीको पोखरा महानगरपालिका९२८ को माझठानाको डाँडागाउँस्थित एनसेलको टावरमा आगजनी गरेको छ। आगजनीबाट ट्रान्समिटर, बिजुलीका तार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

नेकपा कार्यकर्ताले म्याग्दीको बेनी नगरपालिका९२ खबराको आम्बोट डाँडास्थित एनसेलको टावरमा आगजनी गरेको छ। आगजनीबाट ब्याट्री र जेनेरेटर नष्ट भएका छन्।

रूपन्देहीको गैडहवा गाउँपालिका ३ सानी धुपहीमा एनसेल टावरमा आगजनी गरिएको छ। आगजनीबाट तार जलेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए।

बाँकेमा एनसेलको २ टावरमाथि आगजनी गरिएको छ।

विप्लव समूहले नेपालगन्ज उपमहानगरपालिका९२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका९४ मेहमानपुरमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको अने। बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार दुई टावरमा गरी तीन लाखको क्षति भएको छ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका९५ अमवामा टेलिकमको टावरमा आगजनी गरिएको छ। आगजनीबाट रेक्टिफायर मेसिन र त्यसमा लाग्ने तार जल्दा चार लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए।

विप्लव समूहले कपिलवस्तुको बुद्धभूमि नगरपालिका९ ८ हरिहरपुरमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। सुतली बोराबाट लगाएको आगोले टावरका तार जलेका छन्।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका९१० मगरकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ। जेनेटर क्षतिग्रस्त भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सुदूरपश्चिममा एनसेलका १६ वटा टावरमा आगजनी गरेका छन्।

सल्यानको बागचौर नगरपालिका९५ शिवरथ जारुमारेमा रहेको एनसेल टावरमाथि बुधबार राति आगजनी भएको प्रहरीले जनाएको छ।

कैलालीको जानकी गाउँपालिकामा २ वटा, लम्कीचुहा नगरपालिकामा एउटा, गोदावरी नगरपालिकामा एउटा र धनगढी उपमहानगरपालिका९६ मा रहेको एनसेल टावर गरी ५ वटा टावरमा आगजनी र तोडफोड गरिएको छ। यस्तै जानकी गाउँपालिका९ २ र ४ मा रहेका दुईवटा टावरमा आगजनी गरिएको प्रहरीले जनाएको छ। लम्कीचुहा नगरपालिकाको पूर्वी लम्कीमा रहेको एउटा एनसेल टावरमा समेत आगजनी भएको छ भने गोदावरी नगरपालिका९९ मालाखेतीमा समेत एउटा टावरमा आगजनी भएको हो।

आगजनीबाट टावरका उपकरण, जेनेरेटर, कन्ट्रोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

बैतडीमा पनि विप्लव माओवादीका कार्यकर्ताले दुई ठाउँमा एनसेल टावरमा आगजनी गरेको छ। पुरचौंडी नगरपालिका९१ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ।

बैतडीमा १२ भोल्टको ब्याट्रीमा तोडफोड गरी क्षति पु¥याएपछि पुरचौंडी क्षेत्रमा एनसेलको फोन सेवा अवरुद्ध भएको छ।

डोटीको जोरायल गाउँपालिका९१ गोगनपोनी र कटौंचथलामा रहेको एनसेल टावरमा नेकपाका कार्यकर्ताले क्षति पु¥याएका छन। टावर घेरबारमा राखिएको गेटको ताल्चा तोडेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।

आगजनीबाट सिस्टम सञ्चालन गर्न प्रयोग गरिएका विभिन्न केबल, बीटीएस बक्स, ब्याट्री बक्स, एसईडीपी च्यानल जलेर नस्ट भएको प्रहरीले जनाएको छ। आगजनीबाट उक्त क्षेत्रमा एनसेलको नेटवर्क अवरुद्ध भएको छ।

डडेल्धुराको हगुल्टे लेकको टावरमा भएको क्षतिले पहाडी सातवटै जिल्लाको एनसेल फोन सेवा अवरुद्ध भएको छ।

बझाङमा पनि तीनवटा टावरमा अगजनी गरिएको छ। चिरवित्थड गाँउपालिका धारीडाँडामा रहेको टावर र थलारा गाँउपालिका चित्रुमा रहेको टावर पूर्ण रूपमा क्षति भएका छन भने मष्टा गाँउपालिकाको रिलुको डाडामा रहेको टावरमा पनि आगजनी गरिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए।

अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाद गाउँपालिकामा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ। पञ्चदेवल विनायक नगरपालिका९३ र तुर्माखाद गाउँपालिका९७ तितौडामा रहेको एनसेलको टावरमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन्।

विप्लवका सेती महाकाली ब्युरो सदस्य विपिनले एनसेलले सरकारलाई ७३ अर्ब रुपैयाँ कर नतिरेकाले ध्वस्त बनाउने नीति लिएको बताए। उनले पार्टीको केन्द्रीय सर्कुर अनुसार उनले देशैभर एनसेलका टावर ध्वस्त पार्ने चेतावनी दिए। ‘हामीले ‘नो ट्याक्स नो एनसेल’ अभियान सञ्चालन गरेका छौं। पहिलो चरणमा प्रचारात्मक रूपमा एनसेलका सिम जलाइयो। तर पनि एनसेलले कुनै चासो राखेन, अब उसको सबै नेटवर्क ध्वस्त पार्ने योजना छ’, विपिनले भने। उनले सुदूरपश्चिमभर १६ वटा टावर ध्वस्त पारिएको बताए।

विप्लवका एक केन्द्रीय सदस्यले अन्नपूर्णसँग भने, ‘एनसेल टावरमा प्रतीकात्मक कारबाही गरिएको बताए। एनसेलमाथि जनताले कारबाही गरेका छन्। हामीमाथि प्रतिबन्ध लगाउनुको कारण पनि एनसेलमाथि कारबाही हुनु नै थियो।’ उनले करछली, मानव तस्करी, भ्रष्टाचार गर्नेलाई पार्टीले कारबाही गर्ने नीति लिएको बताए।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बुधबार राति र बिहीबार बिहान मुलुकका विभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि आक्रमण भएको बताए। उनले केही ठाउँमा विप्लव कार्यकर्ताले आगजनी गरेको पुष्टि भए पनि केही ठाउँमा भने पुष्टि भइनसकेको बताए। उनले भने, ‘भौतिक संरचना नष्ट गर्नेलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेछौं।’ अन्नपूर्णबाट ।