विप्लव समूहद्वारा घोषणा गरिएको बन्दको चितवनमा छिटपुट प्रभाव

 
चितवन/ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा आज बुधबार चितवन सहित ११ जिल्ला बन्दको घोषणा गरेको छ ।
बागमती, नारायणी र जनकपुरभित्र पर्ने जिल्लाका साथै दोलखा र रामेछाप बन्दको घोषणा गरिएको हो । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सहित बन्दको घोषणा गरेका हुन् ।
विश्वकर्माले जारी गरेको विज्ञप्तिमा सरकारले इतिहासका तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आतातायी गिरफ्तारी एवं दमन गरेको भन्दै बन्द लगाएतका संर्घषको कार्यक्रम गर्न बाध्य भएको बताईएको छ। विकले आफ्नो पार्टी त्यसको निन्दा र भत्र्सना गर्ने भन्दै लामाको रिहाइको माग गरेका छन् ।
यसैबिच, आजको बन्दको चितवनमा छिटपुट असर परेको छ । लामो दुरीका यातायातका सवारी साधनहरु चलेका छैनन् । मालबाहक ट्र्कहरु चलेका छैंनन् भने अधिकांस उधोग र बजार बन्द छन् ।

छोटो दुरीका लोकल रुढमा चल्ने सवारी साधनहरु भने चलेका छन् । मोटरसाईकल र अटो पनि छिटपुट रुपमा चलेका छन् ।
चितवनमा बन्दको आशिंक प्रभाव परेको देखिन्छ । चितवन प्रहरीका अनुसार जिल्लामा हालसम्म कुनै घटना घटेको छैन् । प्रहरीको कडा सुरक्षाको कारण विप्लब समूहले कुनै घटना घटाउन नसकेको प्रहरीको दाबी छ ।