सरकार–बिप्लव वार्ता तत्काल नहुने संकेत, दुबै पक्ष आरोप–प्रत्यारोप गर्दै युद्धको तयारीमा केन्द्रित

चितवन । सरकार–बिप्लव वार्ता तत्काल नहुने निश्चित जस्तै भएको छ । बार्ताको बाताबरण बनाउनुपर्ने सरकार नै बार्ताको हल्ला गर्दे आफ्ना कार्यकर्ता पक्राउ गर्न थालेको भन्दै बिप्लब नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तालाई सचेत गराउदै बार्ताको हल्लाको पछी नलाग्न अपिल गरेको छ ।नेकपाका महासचिव बिप्लवले बिज्ञप्ती मार्फत बार्ताको हल्ला गर्दै सरकारले धरपकड बढाएको भन्दै बिरोध जनाएका छन् । ंयता मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले वार्ता नचाहेको आरोप लगाए ।
सरकार र विप्लव समूहबीच विभिन्न तहमा अनौपचारिक वार्ता भइरहेको बताइँदै आएको बेला प्रहरीले विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई आइतबार राती पक्राउ गरेपछी बिद्रोही नेकपा र सत्ताधारी दुई नेकपाको सरकार बिच तत्काल बार्ता नहुने अवस्था उत्पन्न भएको हो ।
वार्ताका लागि अनौपचारिक प्रयास भईरहेको बखत उपत्यका इन्चार्ज लामा पक्राउ प्रकरणले सरकार र विप्लव समूहबीच विश्वासको संकट पैदा हुनुका साथै वार्ता संकटमा परेको बुझिएको छ । सरकारले वार्ताका लागि विप्लव समूहले हिंसात्मक तयारी छोड्नुपर्ने बताउँदै आएको छ भने चन्द समूहले पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने सर्त अघि सार्दै आएको छ । माइला लामा पक्राउ अघिसम्म विप्लव समूहले विप्लव समूह र सत्तारुढ नेकपा नेताबीच अनौपचारिक वार्तासमेत अघि बढिसकेको थियो । तर लामा पक्रउपछी बार्ताको बाताबरण धमिलिएको सत्ताधारी नेकपाकै एक केन्द्रिय नेताको बिष्लेषण छ । उनका अनुसार तत्काल बार्ता नहुने देखिन्छ । बार्ताको लागी दुबै पक्ष तयार नरहेको आम बुझाई छ ।
वार्तामा आउनै चाहेनन् :गृहमन्त्री थापा
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूह बार्तामा आउनै नचाहेको बताएका छन् । उनले सो समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार भएपनि विप्लव समूहले बार्तामा आउन नचाहेको बताएका छन् ।
गृहमन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
गृहमन्त्री थापाले राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दैे राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे । ‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन’ मन्त्री थापाको भनाइ छ ।
उनले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व नै भएकोले अहिले सरकारले उनीहरुलाई नियन्त्रण गर्न लागी परेको भन्दै ‘यसक्रममा विप्लव समूहका ६ सय भन्दा बढि नेता कार्यकर्ता नियन्त्रणमा लिइएको जानकारी दिए ।
सरकार बार्ता चाहदैन, देशलाई युद्धमा धकेल्न खोज्योः विप्लव
काठमाडौं– प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले सरकार वार्ताको पक्षमा नरहेको बताएका छन् । उनले सरकार देशलाई जबरजस्त युद्धमा धकेल्न लागीपरेको आरोप समेत लगाएका छन् ।
एकातिर वार्ताको प्रचार गर्ने अनि अर्कोतिर सरकार आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार, हत्या र झूटा मुद्दा लगाएर धरपकडमा उत्रिएको भन्दै विप्लवले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको दाबी गरेका हुन् ।
‘एकातिर वार्ताको कुप्रचार गर्ने, अर्का्तिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झूठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्त युद्धमा धकेली जनतामाथि शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’, विप्लवको विज्ञप्तिमा उल्लेख छ । उनले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा नगरे पार्टीले योजनावद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् । भण्डाफोर अभियानबाट