चितवनमा फेरी जुवाखाल सञ्चालनमा, प्रहरी बेखबर

चितवन/बिगतका बर्षहरुमा जुवाडेहरुको स्वर्गको रुपमा परिचित चितवनमा पछिल्लो एक वर्ष भने जुवाडेहरुको निदहरण भएको थियो । तत्कालिन एसपी सुसिलसिंह राठौंरको निरन्तरको कार्बाही र स्वच्छ छवीको कारण जुवाडेहरु हैरान भएका थिए । एसपी राठौलाई लाईन मिलाउन पर्यो भन्दै कार्यालयमै गई घुसको अफर गर्ने भरतपुरकै एकजना पौडेल थरका जुवाडे एसपी राठौंरको निर्देशनमै कयौंदिन प्रहरी खोरमा जाकिए ।
त्यस घटना पश्चात जुवाडेहरुको चितवनबाट भागाभाग नै भयो । जुवाडेहरुलाई कहिले मनोहरी त् कहिले बन्दिपुर, कहिले कावासोती त् कहिले गोर्खा, कहिले गैंडाकोट त् कहिले देवघाट हुँदैं भाग्दै र लुक्दै त्राही त्राहीको बिचमा महिनामा एकाध दिन मात्र जुवा खेल्न पनि मुश्किल हुन गयो । यसरी जिल्लामा सामाजिक बिकृतीको रुपमा रहेको जुवा कौंडा नियन्त्रणमै आयो । हो तिनै जुवाडेहरु अहिले फेरी सल्बलाईरहेको खबर प्राप्त भएको छ ।
भण्डाफोरलाई प्राप्त गोप्य श्रोतको खबर अनुसार जिल्लामा केही बिचौंलीया मार्फत पुनं जुवाखाल सञ्चालनमा ल्याईएको छ । बिगतमा थकाली भान्छा घरमा जुवा खाल खेल्ने जुवाडे समूहले अहिले भरतपरु र पुर्बी चितवनका गोप्य स्थानहरुमा जुवा संचालनमा ल्याएको बुझिएको छ ।
त्यस्तै नारायणगढको शहिदचोक नजिक रहेको एउटा घरमा समेत अहिले पनि जुवाखाल सञ्चालन भईरहेको श्रोतको दाबी छ । त्यत्ति मात्र होइन जिल्लाको भण्डारा, पर्सा, खोलेसिमल, टाँडी, सौराहा लगाएत एक दर्जनको हाराहारीमा ठुला र मध्यम स्तरका जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन बेखबर जस्तो बस्नुले कतै फेरी प्रहरी प्रशासनकै संरक्षणमा जुवाखाल मौलाएको त् होईन भन्ने आम आंशका बढदै गएको छ ।
यता, यस विषयमा जिल्लामा फेरी जुवाखाल सञ्चालनमा आएको कुरा आएको छ, तपाईहरु किन बेखबर भनि भण्डाफोरले प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले यस बिषयमा अध्ययन भईरहेको छ, हामी पनि बुझ्दैं छौं, प्रवक्ता कोईरालाले भने कुनै स्थानमा जुवा खेलेको भेटेमा हामी कार्बाही गरिछाडने छौं ।   आजको भण्डाफोर अभियान साप्ताहिक