नेकपाको भरतपुर महानगरपालिका इन्चार्जमा मेयर रेनु दाहाल

चितवन,साउन ५ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भरतपुर महानगरपालिका कमिटीको इन्चार्जको जिम्मेवारी भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पाएकी छन् । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह ईन्चार्जहरुको टुंगो लगाएको हो । सह–इन्चार्जको जिम्मेबारी भने टुङगिएको छैन् । भरतपुर महानगरपालिका कमिटीको अध्यक्षको पनि टुङगो लगाउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।