चितवन प्रहरीको सक्रियता बढदैं : नयाँ एसपी आएसँगै अपराधीहरु धमाधम पक्राउ पर्दै

चितवन । पछिल्लो समय जिल्लामा नयाँ एसपी आएसँगै चितवन प्रहरीको सक्रियता ह्वात्तै बढेको छ । प्रहरीले जिल्लामा शान्ती सुरक्षा बनाईराख्न बिशेष अभियान नै सञ्चालन गरेको छ । एसपी दान बहादुर मल्ल नेतृत्वको चितवन प्रहरीले एक महिनामा दर्जनौं अपराधिक घटनाका सयौं अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कार्बाहीमा ल्याउन सफल भएको हो ।
ज्यानै मार्ने उद्देश्यले गत् महिनाको १५ गते चितवन भरतपुर म.न.पा.वडा नं.११ बस्ने बर्ष ३५ को नारायण बि.क.ले सोही स्थानकी आफ्नै छिमेकी बर्ष ३४ की सोममाया कामीलाई धारिलो हतियार खुँडा प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेकोमा फरार रहेका बि.क.लाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको छ ।
त्यस्तै, अषाढ ५ गते नक्कली स्कुल तथा क्याम्पसको नक्कली सर्टि्फिकेट बनाउने कार्यमा सम्लग्न २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर म.न.पा.वडा नं. ६ बस्ने बर्ष १९ को बेद प्रसाद पराजुली र वडा नं. ६ बस्ने बर्ष ३३ को सुदिप पौडेल रहेका छन् । भरतपुर महानगरपलिका वडा नं. ७ बुद्धचोकमा संचालन गरेको बिन्दु फोटो एण्ड भिडियो पसलबाट नक्कली प्रमाणपत्र लगाएतका सामाग्रीहरु प्रहरीले बरामद गरी उनीहरुलाई मुद्धा चलाएको हो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनले ४१ जना बालबालिकाहरुको उद्दार गरेको छ । गत् अषाढ ५ गते राप्ती न.पा.वडा नं.१३ स्थित बिकट पहाडी बस्तीका चेपाङ बालबालिकाहरुलाई केही व्यक्तिहरुले निशुल्क पढाई दिने भनि अभिभावकलाई प्रलोभनमा पारी दुई वटा बोलेरो गाडीमा स–साना बच्चाहरुलाई नारायणगढ तर्फ ल्याउँदै गर्दा भरतपुरको गोन्द्राङबाट उनीहरुलाई पक्राउ गरिएको थियो । उद्दार गरिएका बालबालिकाहरु ४ बर्ष देखि १५ बर्ष उमेर समुहको रहेको छ भने निजहरुलाई राप्ती न.पा.वडा नं.१३ का वडाध्यक्ष सुर्य बहादुर प्रजाको रोहबरमा सम्बन्धित अभिभावकको जिम्मा लगाई घर फर्काईएको छ ।
त्यस्तै, लुकिछिपि बिश्व कप क्रिकेट खेलको सट्टेबाजी धन्दामा लामोसमयदेखि सक्रिय नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.८ घर भई भरतपुर म.न.पा.वडा नं.०३ बेलचोक डेरा गरी बोराको ब्यापार गर्ने कपिलदेब साहका छोरा मुकेश कुमार साह सट्टेबाजी गर्ने तथा गराउने कार्यमा प्रयोग गरेको मोबाईल ६ थान र नगद रु.३,४५,०५६र( (तीन लाख पैतालीस हजार छपन्न रुपैया) सहित पक्राउ परेका छन् । पक्राउ परेका साह मिटरब्याजको अबैध धन्दा र हुण्डी कारोबारमा सम्लग्न रहेको पाईएको छ ।
त्यस्तैं, नेपाल तथा भारतबाट चोरीको मोटरसाईकलहरु ल्याई काटी अल्टी पल्टी गरी बिक्री बितरण गर्ने भरतपुर म.न.पा.वडा नं.२० शारदानगर रानीपोखरी स्थित रोहित मोटर साईकल वर्कशपमा प्रहरीले छापा मारी अबैध रुपमा राखिएका मोटर साईकल तथा पाटपुर्जाहरु बरामद गर्नुका साथै ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर म.न.पा.वडा नं.२१ बस्ने बर्ष २१ को रोहित श्रेष्ठ, बारा कलैया न.पा.वडा नं.८ बस्ने बर्ष १९ को कृष्ण शाह, कलैया न.पा.वडा नं.३ बस्ने बर्ष १८ को महाविर चौधरी र भारतीय नागरीक बर्ष १४ को राजा कुमार रहेको चितवन प्रहरीले जनाएको छ ।
त्यस्तै, यो अवधीमा २२७ जना लागु औषध दुर्व्यसनीलाई नियन्त्रणमा लिईएको थियो, केहीलाई सामान्य सोधपुछ तथा आवश्यक छानविन पश्चात छाडीएपनि लागुऔंषधको कुलतमा फसिसकेका ६९ जनालाई मुद्धा दर्ता गरी कार्बाही गरिएको चितवन प्रहरीले जनाएको छ । त्यस्तै, लागु औषध सेवन तथा कारोबारमा संलग्न १० जनालाई लागु औषध सहित पक्राउ गरी छुट्टाछुट्टै ५ वटा लागु औषध मुद्दा दर्ता गरिएको एसपी मल्लले जानकारी दिएका छन् ।
त्यस्तै, रातको समयमा शंकास्पद अवस्थामा हिडडुल गर्ने, बिभिन्न अवान्छित कृयाक्लाप गर्ने, अपराधोन्मुख घटनामा संलग्न रहेका ५८९ जनालाई पक्राउ गरिएको, मा ४६५ जनालाई सम्झाई बुझाई गरी अभिभावकको जिम्मा लगाई छाडिएको र बाँकी १२४ जनालाई कार्बाही गरिएको एसपी मल्लले बताए ।
त्यस्तै, बिभिन्न मितिमा कालो अमिलो जस्तो देखिने अखाद्य पदार्थ १६५ लिटर बरामद गरिएको ।
त्यस्तै, बिभिन्न मितिमा २३० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको छ ।
मापासे चेकमा कडाई लगाएतका दर्जर्नौ शान्ती सुरक्षा सम्बन्धी सचेतना कार्यक्रहरु ब्यापक मात्रमा बढाईएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरीको सक्रियता बढेसँगै जिल्लामा शान्ती सुरक्षामा थप सुधार हुँदै गएको आम आभास हुँदै गएको छ । यसरी नै प्रहरीको सक्रियता बढ्न सकेमा समाजमा शान्ती सुरक्षा र अमनचयन कायम हुन सक्छ । अहोरात्र खटि जनताको सुरक्षामा सक्रिय चितवन प्रहरीको सक्रियता थप बढदै जाने आम अपेक्षा छ ।