जापानमाथि हमला भए तेस्रो विश्वयुद्ध लड्छौं, हामीमाथि आक्रमण भए जापान, सोनी टिभी हेरेर बसः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक अन्तरवार्तामा यदि कुनै बेला जापानमाथि हमला भए अमेरिकाले तेस्रो विश्वयुद्ध लड्ने तर अमेरिकामाथि हमला भएको स्थितीमा जापानले यस्तो गर्न नपर्ने बताएका छन् ।

ट्रम्पले यो कुरा फक्स बिजनेस न्यूजलाई दिएको अन्तरवार्तामा भनेका हुन् ।

राष्ट्रपति डोनल्ड ट्रम्प शुक्रबार जापानमा जी २० देशको समूहको बैठकमा समावेश हुनेछन् ।

उनी जापानी प्रधानमन्त्री शिन्जो अबेसँग पनि भेटघाट गर्नेछन् ।

ट्रम्पले किन भने यस्तो ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशिया–प्रशान्त क्षेत्रमा सैन्य सन्धिमा भइरहेको खर्चको विषयमा अमेरिकी सहयोगीको आलोचना गर्दै आएका छन् ।

अमेरिकाले यी सैन्य करारमाथि हदभन्दा बढी खर्च गरिरहेको ट्रम्पको आरोप छ ।

ब्लूमबर्गमा छापिएको एक रिपोर्ट अनुसार ट्रम्प जापान र दक्षिण कोरिया ‘कस्ट प्लस ५०’ फर्मूलामा काम गरोस् भन्ने चाहन्छन् जसमा यी दुई देशले अमेरिकी सैनिकको पूरा खर्च उठाउनुपर्ने र यसको अतिरिक्त ५० प्रतिशत राशि अमेरिकालाई दिनुपर्ने बताइएको छ ।

यस्तोमा जब ट्रम्पलाई अबको दिनमा दुई देशबीच कस्तो प्रकारको द्विपक्षीय करार होला भन्ने प्रश्न सोध्दा उनले दुई देशबीच सन् १९६० को मध्यदेखि चलिरहेको सैन्य करारमाथि आफ्नो धारणा राखे ।

वासिङ्टन पोस्टका अनुसार ट्रम्पले फक्स न्यूजसँगको अन्तरवार्तामा भने, ‘यदि जापानमाथि हमला भए हामी तेस्रो विश्वयुद्ध लड्नेछौं । हामी त्यहाँ जानेछौं । हामी उनीहरुको रक्षा पनि गर्नेछौं । र हामी आफ्नो जीवन र आफ्नो धनसहित लड्नेछौं । हामी कुनै पनि हातलमा लड्नेछौं । तर यदि हामीमाथि हमला भए जापानले हाम्रो मद्दत गर्न आवश्यक छैन । उनी हामीमाथि भइरहेको हमला कुनै सोनी टिभीमा हेर्न सक्छन् ।’

यसका साथै ट्रम्पले भने, ‘संसारमा लगभग हरेक देश अमेरिकाको निकै फाइदा उठाउँछ ।’

हालै ब्लूमबर्गमा छापिएको एक अन्य रिपोर्टले भन्यो, ‘ट्रम्पले नीजि कुराकानीमा जापान–अमेरिकाबीच भएको करारबाट बाहिर निस्कने बताएका थिए किनभने उनको नजरमा यो करार एकतर्फी हो ।’

तर ट्रम्पले कुनै अन्तरराष्ट्रिय सम्मेलन अघि आफ्नो सहयोगीमाथि यस्तो प्रकारको बयान दिएको यो पहिलो घटना भने होइन ।

यसअघि सन् २०१८ मा जून महिनामा क्यानडामा आयोजित जी सात देशको बैठकमा उपस्थित हुनुअघि उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि निशाना साँधेका थिए ।

के हो यो करार ?

दोस्रो विश्वयुद्धपछि सन् १९५१ मा अमेरिका र जापानले सैन्य करार गरेका थिए । सन् १९६० मा यो सन्धिका शर्तहरुमा परिवर्तन गरिएको थियो ।

यो करारको सबैभन्दा महत्वपूर्ण शर्त यो थियो कि जापानले अमेरिकालाई आफ्नो जमिनमा सैन्य अड्डा बनाउने अनुमती दिनेछ ।

यस्तै, यसको बदलामा अमेरिकाले जापानमाथि हमला भए उसको रक्षा गर्नुपर्नेछ ।

सन्धिको शर्त अनुसार अमेरिकाले जापानमा आफ्नो एक सैन्य अड्डा बनाएको छ जुन योकोसुका बन्दरगाहमा छ । यो सैन्य टुकडीमा ५० जहाज, १४० एयरक्राफ्ट र २० हजार जवान समावेश छन् ।

करारबाट अमेरिकालाई कस्तो हानी ?

राष्ट्रपति ट्रम्पले संसारभरीका लगभग हरेक देश यस्तो प्रकारको सन्धिमा अमेरिकाको फाइदा उठाउँदै आएको र भविष्यमा यी देशले आफ्नो रक्षा गर्नका लागि उत्कृष्ट हतियार खरिद गर्नुपर्ने तर्क दिने गरेका छन् ।

करार अनुसार अमेरिकाले जापानमा आफ्नो लगभग २८ हजार सैनिक तैनाथ गरेको छ ।

ब्लूमबर्गको एक रिपोर्ट अनुसार जापान सरकार अमेरिकी सैनिकलाई जापानमा बसेका कारण सब्सिडीको रुपमा रकम भुक्तानी गर्छ जुन सन् २०१९ मा १०८ अर्ब डलर थियो ।

यस्तै, विशेषज्ञ यो मान्छन् कि यदि अमेरिकाले आफ्नो सैनिकलाई जापानबाट फिर्ता बोलाएर अमेरिकामा राख्छ भने उनीहरुले यति सैनिकमाथि अत्यधिक खर्च गर्नुपर्नेछ ।

जापानको धारणाः

शिन्जो अबे, जसको हजुरबुवाले यो सन्धिमाथि हस्ताक्षर गरेका थिए, अमेरिकासँगको यो करारको विषयमा निकै सौम्य छ ।

हालै उनले जापानी संविधानको पुनर्व्याख्या गरेर जापानलाई आफ्नो सहयोगीको रक्षाका लागि केही शर्त जोडेका छन् ।

यसका लागि उनले जापानमा निकै विरोधको पनि सामाना गर्नुपर्यो ।

सन् २०१२ मा सत्ता सम्हालेपछि शिन्जो अबे जापानको सैन्य बजेटमा पनि निकै वृद्धि भएको छ ।

जापान अमेरिकासँग एफ–३५ विमान र एजिस मिसाइल खरिद गर्नका लागि खर्च गरिरहेको छ ।