अबैध मिटरब्याजी धन्दा रोक !


                                                                                                                                                         

                                                                                                                                                                                फाईल तस्बीर

चितवन जिल्लामा अबैध मिटरब्याज र अबैध ढुकुटीको कारण घरबार उजाडिने र सडकबास हुनेहरु क्रमश : दिनप्रतिदिन बढिरहेको छ । यो गम्भिर अपराधलाई नियन्त्रण गर्न राज्यका सुरक्षा निकायहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले खासै चासो नदिएको पिडीतहरुको गुनासो छ । यो आर्थिक अपराधलाई नियन्त्रण गर्न ढिलाई हुँदै गर्दा थप समस्याहरु बढीरहेका छन् ।अधिकांश मिटरब्याजीहरुले अग्रिम चेक लिने र प्रहरीको आडमा चेकबाउन्स गर्ने गर्दछन् । 

एकातिर जर्जर आर्थिक अवस्था र बेरोजगारीको भयाभव अवस्था र त्यस्ले सिर्जीत परिस्थीतीको कारण मानिसहरु जानी जानी आफै अबैध ढुकुटी र मिटरब्याजीहरुको फन्दामा फस्न बाध्य छन् । उनीहरुलाई त्यो चर्को र चक्रिय ब्याजले आफुलाई एकदिन खान्छ भन्ने थाहा हुँदाहुँदै पनि देशको बिषम आर्थिक परिस्थीती, आफ्ना आर्थिक समस्या हल गर्ने अन्य बिकल्प नदेख्नु र छिट्टै पैसा कमाउने लालचले गर्दा मानिसहरु मिटरब्याज जस्तो गडुवा घोलमा भासिन बिबस छन् । प्रहरी प्रशासन तथा शक्ति केन्द्र नजिक रहेका र आफुलाई स्वघोषित समाजसेवी भन्नेहरु देखि अधिकांश महिलाहरु यो अबैध धन्दामा सामेल रहेको पाईन्छ ।

चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, भण्डारा, चनौली, रामपुर नवलपुरको गैंडाकोट, देबचुली, कावासोती लगाएतका स्थानमा टिरब्याजको डरलाग्दो धन्दा चलिरहेपनि राज्यका प्रशासनयन्त्र देखि अर्ध न्यायिक भुमिका निभाउन सक्ने स्थानिय निकायहरु समेत यस बिषयमा मौन बसिरहेका छन् । छोराछोरी बिग्रिएमा आमा बाबु दोषि भने जस्तै समाजमा यस्ता बिकृतीहरु हावी भईरहँदा मुकर्दशक बस्ने प्रशासन सयंन्त्र र स्थानिय सरकार यो दोषबाट मुक्त हुनै सक्दैन् ।
चितवनमा मात्रै मिटरब्याजको धन्दा गर्नेहरु ५ दर्जनभन्दा बढी रहेको पाईएको छ ।

अधिकांश ढुकुटी सञ्चालक नै मिटरब्याजी पाईएको छ । नारायणगढ बजारमा रहेका कतिपय ढुकुटी सञ्चालकहरु अन्य अबैध धन्दा सुनको अबैध कारोबार र अबैध बुग्गी एंव जुवा खेल्ने खेलाउनेहरु रहेको बुझिन्छ । मिटरब्याजीहरुले सयकडा मासिक रु २० देखि रु ३० सम्म लिने गरेको उनीहरुद्वारा पिडीतहरुले बताएका छन् ।
यस्तो अबैध धन्दालाई सहयोग गर्नेहरुमा अग्रपंक्तिमा बिगतमा गुण्डागर्दी गर्नेहरु नै रहेको पाईएको छ । यस्ता अबैध धन्दा गर्नेहरुले कयौंको जग्गा जमिन नै आफ्नो नाममा ल्याई सर्बसाधरणको बिल्लीबाठ गराईदिएको केही ज्वलन्त प्रमाणहरु समेत रहेका छन् ।

उनीहरुले अबैंध धन्दा गर्ने गरेको थाहा पाई पाई पनि उनीहरुको अबैंध कारोबार रोक्नुको सट्टा त्यस्तो अबैध रकम उठाउन बिगतमा प्रहरी नै लागीपरेको स्वंय पिडीतहरुको गुनासोले अबैध कार्य मौलाउनुको एउटा बलियो प्रमाणको पटाक्षेप भएको छ । आर्थिक अपराध सरहको यस्तो अबैध ढुकुटी र मिटरब्याजी आर्थिक कारोबारले एकातिर राष्ट्रलाई नोक्शान पु¥याउछ भने अर्को्तिर आम सर्बसाधरण ठगीईरहेका छन् । यस्तो आर्थिक अपराध गर्नेहरुको कालो बजार बढने गरी, उनीहरुको हौंसला र मनोबल बढनेगरी उनीहरुका गतिबिधी नियन्त्रणमा उदासिनता देखाउनु कदाचित शुसासन हुन सक्दैन् । यस्ता कालो कारोबारले समृद्धि हाँसिल हुने पनि होईन । बरु यस्ता आर्थिक अपराध बढदै जाँदा त्यस्ले कालान्तरमा समृद्धिको यात्रामा काँडेतार बनि यात्रा रोक्ने भुमिका खेल्न सक्छ ।

यर्सथ, अबैध रुपमा हुने यस्ता कारोबार रोक्न समाजका सबै पक्षहरु सचेत पुर्बक लाग्नुपर्छ । मुख्यत : प्रहरी प्रशासन र स्थानिय सरकारले यस बिषयमा आफ्नो धाराणा के हो जनतालाई स्पष्ट बनाई अबैध आर्थिक कारोबार रोक्न बिशेष कार्यक्रम ल्याउन सक्नुपर्छ । अतः यस तर्फ स्थानिय सरकार र प्रहरीको सबै तह, प्रशासन संयन्त्र केन्द्रिय सरकारको गृहप्रशास समेतले स्पष्टता हाँसिल गर्दै अबैध मिटरब्याज,अबैध ढुकुटी, हुण्डी र अन्य अबैध कारोबारहरु रोक्न तत्काल लागी पर्न हामी जनताको तर्फबाट बिशेष अपिल गर्दर्छौ ।