नीजि सम्बन्धनको विरुद्ध बिधार्थीहरुले गरे हस्ताक्षर संकलन


चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत् शनिवार उद्घाटन गरी सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ परिसरमा नै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले नीजिकरणको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।
आइतबारबाट सुरु भएको सो हस्ताक्षर संकलन मंगलबारसम्म रहने र संकलित हस्ताक्षर प्रधानमन्त्री केपि शर्मा वलिलाई हस्तान्तरण गर्ने योजना रहेको अखिल क्रान्तिकारीका विश्वविद्यालय अध्यक्ष विवेक पौडेलले बताए । कृषि तथा वन विश्वविद्यालय स्थापना भएको १० वर्ष भयो, बल्ल एउटा सानो बेमौषमी मेलाको सूरुवात भएको छ तर नीजि कलेजको सम्बन्धनको खेल १० वर्ष अघि देखिन् नै चल्न सुरु भयाअर्का एक बिधार्थीले भने ।
पोहोर आठ नीजि कलेजलाई विश्वविद्यालयले सम्बन्धन पनि प्रदान गरिसकेको हो तर प्रकृया नपुगि दिइएको सम्बन्धन चौतर्फि आलोचना भए पश्चात नेपाल सरकारले खारेज गरेको हो र हाल सम्बन्धन सम्बन्धि मुद्धा सर्वाेच्चमा विचाराधिन रहेको छ । सम्बन्धन दिन पाउने विश्वविद्यालयको क्षेत्राधिकारमा नेपाल सरकारले हस्तक्षेप ग¥यो भनि नीजि कलेजको तर्फबाट दायर मुद्धा अग्राधिकार पाइ अघि बढेको र अन्तिम फैसालाको चरणमा छ भने सोही विषयमा सो सम्बन्धन दिँदा धेरै प्रकृया मिचेर दिइएको र विश्वविद्यालयको अहितमा रहेको भनि विद्यार्थीहरुबाट दायर मुद्धा झ्यासमिस पार्ने प्रयत्न भइरहेको देखिन्छ, यसको पेशि बिना कारण सरि रहेको छ, ति बिधार्थीले भने ।
पछिल्लो चरण नीजि कलेजहरुले सम्बन्धन सम्बन्धि सर्वाेच्चमा हालेको मुल मुद्धालाई प्रभावित पार्न अन्य ससाना टुक्रे मुद्धाहरु पनि हालेको देखिन्छ । सोही मुल मुद्धालाई प्रभावित पार्न सम्बन्धनको अन्तिम टुंगो नै नलागि ८ मध्ये ७ नीजि कलेजहरुले ८।१० जना विद्यार्थीका दरले भर्ना गरि हाल विभिन्न दबाब दिएर विश्वविद्यालयमा रजिष्ट्रेशन गराउन प्रयासरत देखिन्छन् । अन्तिम फैसलालाई मुद्धा पेशिमा नचढ्दै नीजि कलेजले भर्ना गरेका विद्यार्थी रजिष्ट्रेशन गराउन पाएमा मुद्धामा आफूँहरु माथि पर्ने उनिहरुको ठम्याइ रहेको बुझिन्छ । त्यसको लागि उनिहरुले पदाधिकारीहरु माथि चरम दबाब र प्रलोभन पनि दिएको बुझिन्छ ।
विभिन्न प्रकृयाहरु मिच्दै सरोकारवालाहरुसँग यथेष्ट छलफल नै नगरी रातारात ८ नीजि कलेजलाई सम्बन्धन दिइयो र सो मन्त्रीपरिषदले खारेज गर्दैगर्दा विभिन्न किर्ते कागजातहरु बनाएर नीजि कलेजद्वारा मुद्धा हालिएको छ, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष नगेन्द्र दाहाल भन्छन्, फेरि सो मुद्धालाई प्रभावित पार्न विभिन्न जालझेल सुरु भएको छ, त्यसको विरुद्धमा यो हस्ताक्षर अभियान सुरु गरिएको दाहाल बताउँछन् । मेला उद्घाटनको क्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि विश्वविद्यालयले आशा गरेअनुसार काम नगरी पुरानै विश्वविद्यालयको ढर्रामा नै काम गरेको भन्दै सार्बजनिक रुपमै चरम असन्तुष्टि जाहेर गरेका थिए । नीजि सम्बन्धनको विषयलाई नै औलाएको दाहालको दाबी रहेको छ । त्यस अघि शुक्रवार नै एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय अन्तर्गत नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशिल प्राध्यापक संगठनले सर्वाेच्चको मुद्धाको टुंगो नलागि सम्बन्धनको पक्षमा कुनै पनि बाहनामा विश्वविद्यालयले कुनै पनि गतिविधि नगर्न आह्वान गरेको छ ।