जोखिमपूर्ण काममा बालबालिका

सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे ।

उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिइनन् तर हातमा पैसा परेपछि फेरि त्यस्तै पैसा कमाउने लत बस्योे ।’’

चार जना दिदनीबहिनी र दुई दाजुभाइमध्येका माइला उनलाई सहरमै बसेर कमाउने इच्छा छ । त्यही इच्छा पूरा गर्न यही जेठ २४ गते अरु तीनजना साथीसहित घरबाट भागेर बम्जन काठमाडौँ आइपुगेका हुन् ।

कक्षा ४ मा पढ्दै गरेका सोमबहादुर थिङ १२ वर्ष, कक्षा ५ मा पढ्ने बादल बम्जन १२ वर्ष र कान्छा गोले १२ वर्ष उनीसँगै काठमाडौँ आएका छन् । बादल बम्जनले भने, “त्यही ट्वाक ट्वाके काम ९जरी भर्ने० गर्ने भनेर आएको तर काम गर्ने ठाउँ नै फेला परेन ।”

चारैजनालाई मङ्गलबार बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार ग¥यो । प्रहरीले पक्रेपछि काम गर्ने ठाउँ खोज्न नपाएको बालकहरूले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी हुन् ।