क्रिकेट रंगशाला प्रकरणः जनताका हिरो कँडेलसहित ४ जना छुटे

२६ जेठ, चितवन । निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा बाटो बिस्तारको क्रममा डोजर लगाउने क्रममा रंगशाला नै भत्काएको भन्ने अभियोगमा पक्राउ परेका प्रकाश कँडेल सहित थप चार जना आज राती १० ४५ बजे रिहा भएका छन् ।
उनीहरुलाई बिना शर्त छाडीएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राति करीव १०।४५ बजे स्थानिय जनतामा लोकप्रिय नेताहरु प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बि।क। र धुव्र चापागाई रिहा गरेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको रोहबरमा उनीहरुलाई रिहा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको बताए । १२ दिनसम्म दैनिक हाजिर हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिए ।
हिरासत भित्रै तयारगरिएको उनीहरुको बिज्ञप्ती यसप्रकार छ ।