स्थानिय जनताका हिरो प्रकाश कँडेल आज रिहा हुने पक्का ।

२४ जेठ, भरतपुर । बहुचर्चित गौतमबुद्ध रंगाशालाको विवादका कारण गिरफ्तार भएका १८ जनामध्ये हालसम्म प्रहरी थानामा रहेका स्थानीय जनतामा निकै भिजेका युवा नेता प्रकाश कँडेल र भैरव बस्ताकोटीसहित चार जना गए राति भएको सर्वपक्षीय सहमतिका आधारमा बिना शर्त रिहाइ हुँदैछन् ।

प्रमुख जिल्ला अधिकारीको आयोजनामा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपाका अध्यक्ष यमबहादुर परियार, प्रदेश सांसद विजय सुवेदी लगायत सम्मिलित बैठकले महानगरको असावधानीले दुःखद घटना भएकाले सो कारण स्थानीय जनताले दुःख पाउनु नहुने एक मतले निर्णय गर्दै गए राति जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा उपस्थित भमनपा १६ का टोलबासीलाई शुक्रबार प्रशासनिक प्रक्रिया पु¥याएर रिहा हुने आश्वासन दिएका थिए । सर्वपक्षीय बेठकमा भरतपुरका महानगरपालिकाको प्रतिनिधित्व थिएन । मेयरसँग सल्लाह बेगर हिजो राति नै चार जनालाई रिहाइ गर्न प्रमुख जिल्ला अधिकारी असमर्थ भएको वार्तामा सहभागी एक सदस्यले बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा बनिरहेको रंगशालालाई सो विश्वविद्यालय र त्रिविका उपकुलपतिको सहमतिमा २० विघा जग्गा प्रदान गरिएको हो । व्यावहारिक कारणले हाल २२ विघा जग्गामा बार लगाएर धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण कार्य अघि बढाइरहेको देखिन्छ । पश्चिम पट्टि बाटो बनाएर दिँदै गर्दा थप ४र५ विघा जग्गा विश्वविद्यालयको नोक्सान हुने देखिन्छ । रामपुरको सुविधाजनक ठाउँमा करिव २५ विघा जग्गा गुमाउँदै गर्दा भरतपुर महानगरले विश्वविद्यालयलाई क्षतिपुर्तिसहित अन्य ठाउँमा दिने भनिएको जग्गाको बारेमा पनि टुंगो लगाउनुपर्ने धारणा सार्वजनिक भइरहेको पाइन्छ । रामपुरमा २५ विघा जग्गा रंगाशालाको निर्माणमा सकिँदै गर्दा अध्ययन, अध्यापन र प्रयोगात्मक प्रयोजनलाई नै प्रयोग हुने गरी दुर्गम क्षेत्रमा ५० विघासम्म जग्गा दिइनुपर्ने माग विश्वविद्यालयका प्राध्यापकहरुको रहेको छ ।

रंगशाला निर्माणको क्रममा केही विवाद भएर जेष्ठ १५ गते डोजर लगाइए पनि सो कारणले केही अवरोध नहुने सम्पूर्ण राजनैतिक दल, भरतपुर महानगर र धुर्मुस सुन्तली फाउण्डेशनले पटकपटक जनाइ रहेता पनि स्थानीय चितवनवासी ढुक्क भइ नसकेको अवस्था हो । तर, रंगशाला निर्माणार्थ रकम संकलानार्थ कलाकार सीताराम कट्टेल लगायतको समूह कतार लगायत विभिन्न देश जाने तयारी सुरु गरेसँगै थप आशाको सन्चार भएको स्थानीयवासी रामचन्द्र बस्ताकोटीले बताए । सम्पूर्ण १८ जना नै रिहा भए पश्चात पहिले झैं स्थानिय बासि रंगाशाला निर्माणार्थ एक ढिक्का भएर लाग्ने उनले बताए ।