क्रिकेट रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे

चितवन,जेठ २०/निर्माणधिन प्रस्तावित गौंतमबुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना स्थानिय गाँउले रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका मुद्धा फाँटका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जानकारी दिए ।

जमानीमा छुट्नेहरुमा राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ रहेका छन् ।
प्रहरी निरीक्षक थापाका अनुसार मुलुकी अपराधसंहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको हो । डोजर काण्डका मूख्य अभियोग लागेका प्रकाश कँण्डेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं र सुरेन्द्र विके भने हिरासतमै छन् । जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।