भारतीय पक्षले एकतर्फी बनाएको पाइलट च्यानल खोल्दा गाउँ नै डुबानमा

भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेको स्थानीय बताउँछन् ।
परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोवरगाढाको बस्तीमा स्थानीय थुनिएका हुन् ।

कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०–५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन् ।

एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।