चीनलाई घेराउ गर्न ‘सिआइए’ र ‘रअ’ को यस्तो छ भित्री डिजाइन

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले नेपालमा आफू अनुकूलका संरचना बनाउन वर्तमान सरकारलाई घुमाउरो शैलीमा दवाव दिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरूले भने ‘देशमा इण्डो प्यासिफिक मिसनअन्तर्गत अमेरिकी युद्ध विमानहरू सडकमै आपत्कालीन अवतरण गर्न शुरू गर्ने कुरा नेपाल सरकारको नीति कार्यक्रममै आएको’ भन्ने गरेका छन् । चीनलाई घेराउ गर्न भारत र अमेरिकालाई नेपाल नै उपयुक्त स्थान मानिन्छ ।

हुन पनि धेरै नेपालीहरू जहाजमा यात्रा गर्दैनन् । नेपालमा जहाजको यात्रा महँगो छ । जहाजमा भन्दा पनि सडकबाटै धेरैले यात्रा गर्छन् । यस्तो अवस्थामा विमानलाई आपत्कालीन अवतरण गर्ने गरेर सडकलाई नै विमानस्थल बनाउने कुरा नेपालको सन्दर्भमा उचित नभएको टिप्पणी भएको छ ।

अमेरिकीहरूकै दवावमा ओली सरकारले सडकलाई विमानस्थल बनाउन थालेको चर्चा भएको छ । ओलीले पनि विमानहरूलाई आपत्कालीन अवतरण गर्दा सजिलो होस् भनेर सडकलाई विमानस्थल बनाउन थालेको बताएका छन् । नेपाली कांग्रेसका सांसदहरूले सडकलाई विमानस्थल बनाउन लागेको हो कि विमानस्थललाई सडक बनाउन लागेको हो भनेर ब्यङ्ग्य गरेका छन् ।

नेपालका सडकहरू अहिले पनि दुर्घटनाका उच्च जोखिममा छन् । ती सडकहरूको मर्मत सम्भाव गर्नेभन्दा पनि ओली सरकारले विदेशीहरूको डिजाइनमा योजना ल्याएको भन्दै आलोचना भएको छ ।
राजधानीभित्रकै कलंकी–नागढुंगा सडक चार–पाँच वर्षदेखि पूरा हुन सकेको छैन । यस्ता सडकहरू देशभरि थुप्रै छन् ।

ती सडकहरूको स्तरवृद्धिभन्दा ओली सरकारलाई सडकमा विमानको आपत्कालीन अवतरणमा चासो जानुलाई धेरैले आशंका जनाएका छन् । नेपालीहरूलाई आवश्यक पर्नेभन्दा पनि अरुको इच्छामा कार्यक्रम र योजनाहरू नीति तथा कार्यक्रममा परेको नेपाली कांग्रेसका नेताहरूको भनाइ छ ।

पानीजहाज नेपाललाई भन्दा पनि भारतलाई आवश्यक छ । नेपालका सबै नदीको पानी भारतको रिभर लिङ्क आयोजनामा सघाउ पु¥याउन ओली सरकारले पानीजहाजको कुरा ल्याएको आरोप छ । नेपालले आफ्ना सबै नदीहरू डाइभर्सन गर्ने गरेर योजना बनाइ सकेको छ । (यूनाइटेड पोस्ट बाट)