डीएसपी ढुंगेल विवादमा तानिए, गृहमन्त्रालयले गर्यो निलम्बन

काठमाडौं/जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

गत चैत २६ गते महानगरीय अपराध महाशाखाको टोलीले रानीबारीमा भएको एक डकैटी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको खुलेपछि निलम्बनमा परेका हुन् ।

श्रेष्ठसहितको समुहले लालेन्द्र लालचनको घरमा पसेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार रुपैयाँ बराबरको लुटपाट गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।