बोरामा शव राखी नारायणीमा बगाउन खोज्ने दुई पक्राउ ।


चितवन, चैत १९ । प्रहरीले चितवनमा मंगलबार बिहान १ बजे शंकास्पद अवस्थामा हिँडिरहेका दुईजनाका साथबाट बोरामा राखेको शव बरामद गरेको छ । बरामद शव उनीहरूका सहोदर बहिनीको रहेको खुलेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट असईको कमाण्डमा खटिएको टोलीले मोवाईल गस्ती गर्ने क्रममा भरतपुर महानगरपालिका नारायणगढ गणेश चोकस्थित मुख्य सडकबाट शव बरामद गरेको प्रहरीले जनाएको छ ।
साईकलमा राखेर बोरा ल्याईरहेको देखेपछि शंका लागेर चेकजाँच गर्दा जुटको बोराभित्र राखिएको अवस्थामा शव फेला पारेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । शव भारत मोतिहारी घर भई भरतपुर क्षेत्रपुरमा डेरा गरी बस्ने १७ वर्षकी परीकुमारी देवी साहको रहेको चितवन प्रहरीले जनाएको छ ।