राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे

काठमाडौँ – राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । यो समाचार आकजो अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ । त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग गरिरहेका छन् । यो कार २०७५ साल असोज ७ गते उपराष्ट्रपति पुनलाई हस्तान्तरण गरिएको हो ।