भरतपुरको बसपार्कमा रोकिराखेको गाडीमा आगो लाग्यो ।

भरतपुर,बैशाख ७/ भरतपुरको केन्द्रिय बस टर्मिनलमा रोकिराखेको गाडीमा आगलागी भएको छ । ग १ ख ३८८४ नम्वरको बसमा एक्कासि आफै आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एक बर्षदेखि विग्रेर राखेको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।