Breaking news : लुक्लामा नयाँ बर्षको पहिलो दिन बिहानै विमान दुर्घटना

काठमाडौ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान बिमान दुर्घटना भएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएको छ । घटनाका विषयमा विस्तृत विवरण आउन बाकी रहेको छ ।