टेलिकम कम्पनीको नाफा अत्यधिक, उपभोक्तालाई चर्को शुल्क


काठमाडौं /महालेखापरीक्षकले नेपालका टेलिकम कम्पनीको नाफा अत्यधिक भएको बताएको छ। कम्पनीहरूले उपभोक्ताबाट चर्को शुल्क असुल्दै अधिक नाफा कमाएको भन्दै त्यसमा नियमकारी निकायले ध्यानदिनुपर्ने प्रतिवेदनमा सुझाव छ।

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा विश्वमा टेलिकम सेवाको मूल्य निरन्तर कमी आए पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन नसकेको औंल्याइएको छ । महालेखापरीक्षकको प्रतिवेदनले अमेरिका, युरोप, जर्मनी, चीन, मलेसिया, भारत र नेपालका विभिन्न टेलिकम अपरेटरको सञ्चालन नाफाको तुलनात्मक विश्लेषण अध्ययन गरेको देखिन्छ।

अध्ययनमा नेपाली टेलिकम अपरेटरले चर्को सेवा शुल्क लिएर अधिक नाफा आर्जन गरेको तथ्यांक प्रतिवेदनमा प्रस्तुत गरिएको छ। ‘विश्वका विभिन्न मुलुकका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफाको विश्लेषण गर्दा अन्य देशको सञ्चालन नाफा २४ देखि ३७।८ प्रतिशतसम्म रहेकामा नेपालका सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश अधिक छ ।’ भनी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार जर्मनीको टेलिकम कम्पनीको नाफा सबैभन्दा कम छ। जर्मनीको टेलिकम कम्पनी २४ प्रतिशतमात्र छ। यस्तै अमेरिकन दुई कम्पनीको सञ्चालन नाफा ३०।०६ र ३४।१७, बेलायतमा कम्पनीको ३१।६०, युरोपमा एउटा कम्पनीको ३१।९० र अर्को कम्पनीको ३३।३३ प्रतिशत रहेको छ। जापानका दुई कम्पनीले क्रमसः ३०।९० र ३१।७० प्रतिशत सञ्चालन नाफा कमाएका छन्। दुई छिमेकी राष्ट्र चीन र भारतमा टेलिकम कम्पनीको सञ्चालन नाफा क्रमसः ३१।५० र ३६।४० रहेको प्रतिवेदनमा उल्लेख छ। नेपालको निजी टेलिफोन सेवा प्रदायक कम्पनीको नाफा ६२।४० प्रतिशत छ। यसमा नेपाल टेलिकम ९प्रतिवेदनमा कम्पनीको नाम भने उल्लेख गरिएको छैन० को नाफा ५८ प्रतिशत तथा एनसेलको नाफा ६२।४० प्रतिशत वित्तीय विवरणअनुसार उल्लेख छ ।

यो प्रतिशतमा कम्पनीले सञ्चालन नाफा आर्जन गर्दा सर्वसाधारणले महँगो मूल्यमा सेवा लिनुपर्दा उपभोक्ताको हित संरक्षण हुन नसकेको स्पष्ट पारेको छ। उपभोक्तामा महँगोमा परेको भन्दै अत्यधिक अन्तर हुनको औचित्यका सम्बन्धमा निमयनकारी निकायले विश्लेषण गर्न नसकेको ठहर महालेखाले गरेको छ। अन्नपुर्ण पोष्टबाट ।