पहिरोले विद्यालय बगाएपछि विद्यार्थीहरुको विचल्ली

चैत्र ३०, काठमाडौं । विद्यालयको २ कोठे पक्की भवन पहिरोले पुरी दिए पछी बालबालीकाको विचल्ली भएको छ । पहिरोले विद्यालयको भवन भत्काएपछि तत्कोट गााउपालिका वडा नं ३ मा रहेको विश्वनाथ आधारभुत विद्यालयका विद्यार्थी खुला आकास मुनि बसेर पढन बाध्य भएका हुन् ।

गएको भदौ १ गते आएको पहिरोले दुई कोठे भवन लगायत खेल्ने मैदानमा क्षति पु¥याएपछि खुला आकास मुनि पहिरोमा नै बसेर पठन पाठन गर्नु पर्ने बाध्यता भएको कक्षा ४ मा अध्यनरत छात्रा उमा चदाराले बताए । आर्थीक बर्ष २०७४÷७५ मा तल्कोट गाँउपालिकाले भवन निमार्णका लागी भनेर१६ लाख रकम छुट्याएको थियो । भवन अभावले पठन पाठनमा समस्या भए पछि गाँउपरिषदले तत्काल ८ लाखको लागतमा निर्माण गरीएको दुई कोठे भवन पहिरोले भत्ताकाई दिएपछी पहिरोमै पठन पाठन गर्नु परेको हो ।

बस्ति नजीकै रहेको यस विद्यालयमा ८३ जना बालबालीकाहरु अध्यनरत रहेका छन् । घाम लाग्दा हावाहुरी आउने र पानी पर्दा बस्ने कक्षा कोठा नभएका कारण हाफ टाईममा विद्यालयको छुट्टी हुने गरेको कक्षा ४ मा अध्यनरत बालक अजय रोकायाको भनाई छ । कक्षा एक देखी ४ सम्मका सबै बालबालीकाहरु एउटै कक्षामा राखेर पठन पाठन गर्नु पर्ने भएका कारण पढाई समेत नराम्रो हुने र अधिकांश दिन विद्यालयमा पढाई नै नहुने गरेको उनको भनाई छ ।

विद्यालयमा पढाई नहुने भए पछी अधिकांश बालबालीकाहरु विद्यालय आउनै छोडेको विद्यालयका प्राध्यानाध्यापक विर्खराज जोशीले बताए । आफुले विद्यालय बगाएको दिन देखी नै वडापालीका, गाँउपालीका र शिक्षा शाखा लगायत सबै ठाँउमा समस्याका बारेमा जानकारी गए पनी कुनै निकायले सुनुवाई नगरेको उहाँको भनाई छ ।

विद्यालयको माथिबाट चैनपुर ताक्लाकोट सडक निमार्ण भएको र सडककै कारण बर्षाको समयमा पहिरो जाँदा विद्यालयमा क्षति भएको विद्ययालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज रोकायाले बताए । पहिरोले दिवाखाजाको घर, चर्पी र खेल मैदानमा समेत क्षति पु¥यायको छ । यस्तै पहिरोले गाँउपालीका बाट विनियोजीत रकमले निर्माण गरीएको महिला भवन समेत पुर्ण रुपमा क्षेती पुर्याएको छ । अझै पनि पहिरोको जोखिम देखिएकाले विद्यालयलाई सो ठाँउ बाट सारेर अन्यत्र लैजानु पर्ने अवस्था आएको र त्यसका लागी गाँउपालिका संग कुरा भईरहेको वडा अध्यक्ष भरत बोहराले बताए । राजधानीबाट ।