रोकिएको विमानमा रातभर यात्रु थुन्नु ‘अपराध’

 

 

काठमाडौं/सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धा्रित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ रु यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् ।
नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धा्रित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ ।
गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ । सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ।

बेलुकी ९ बजे जहाज चढेका करिब १ सय ५० जनालाई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो। उडान हुन नसक्नुमा नेपाल एयरलाइन्सले ३–४ मिनेटको मौका नदिइएको आक्षेप लगाउँदै आएको छ। जब कि नोटाम ९विमानस्थल बन्दको सार्वजनिक सूचना० तीन महिनाअघि जारी गरिएको थियो ।

‘केही मिनेटले गर्दा समस्या भएको होइन। ९ः१५ मा उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ को जहाज १० बजे पनि उड्न सकेन’, नागरिक उड्डयन प्राधिकरण सम्बद्ध स्रोतले भन्यो, ‘अनि चार मिनेट नदिएर करोडौं क्षति भयो भन्दै हामीलाई दोष दिन थालियो। यो उड्डयनको संवेदनशीलता बुझेर पनि बुझ पचाएजस्तो भयो ।
’यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।