चितवनमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरे

चितवन, चैत २२/चितवनमा एउटै परिवारका तीन जनाले एकैपटक आत्महत्या गरेको अवस्थामा भटिएको छ ।

भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बसोबास गर्दै आईरहेका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार घर भित्र एकै स्थानमा तीन वटा सलको पासोमा अन्दाजी ३३र३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३र१४ वर्षीया छोरी विनिता र अन्दाजी ११र१२ वर्षीय छोरा विवेक झुण्डिएर आत्महत्या गरेका हुन् । एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले जानकारी दिए ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । के कारणले आत्महत्या गरे भन्ने बिषयामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।