मेघा रिर्सोटका श्रेष्ठले देबचुली नगरपालिकालाई किन टेरेनन् ?


नवलपुर । नवलपुरको देवचुली नगरपालिका भित्र बिघौं बिगाहा सार्बजनिक जमिन एउटा धनाढ्यले अतिक्रमण गरि एकपछी अर्को संरचना बनाउदै लगेपनि स्थानिय सरकारको हैसियत पाएको देबचुली नगरपालिका भने निरिह र मुकर्दशक बसिरहेको छ ।
चितवन नारायणगढका धनाढ्य शहिदचोक मेघा मार्केटका साहुको सिद्ध एण्ड सन्स प्रा.लि.नामको एउटै कम्पनिले १० बिगाहा भन्दा बढी सार्बजनिक जग्गा अतिक्रमण गरी धमाधम मेघापार्क रिर्सोट बनाउदै गरेको बिषयमा स्थानियले निरन्तर बिरोध गरिरहेसँगै स्थानिय मात्र होईन राष्ट्रिय सञ्चारमाध्यममा लगातार समाचार आईरहे पनि सरोकारवाला स्थानिय सरकारका जिम्बेवार ब्यक्तिहरु भने मुकर्दशक भई मौंनता साधँी बसीरहेका हुन् ।
उनीहरुको यो मौंनताभित्र गम्भिर रहस्य हुनसक्ने आशंका स्थानियबासीहरुले गरिरहेका हुन । नगरपालिका मात्र होईन यो बिषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती लगाएतका सरकारी कार्यालयहरुमा समेत उजुरी र निवेदन परेपनि ति निकायहरु समेत सार्बजनिक सम्पति अतिक्रमणकारी सिद्धकमार श्रेष्ठलाई काबार्ही गर्न किन हिच्किचाईरहेका छन, त्यो थप खोजीको बिषय बनेको छ ।
एउटा पैसावाल ब्यापारीले आफनो ब्यबसायीक फाईदाको लागी बिघौं सार्बजनिक जमिन अतिक्रमण गरेर अहिले पनि धमाधम रिर्सोट निर्माण गरिरहेको भएपनि नगरपालिका भने कानमा तेल हालेर मुकर्दशक बसिरहेको हो । एकबर्ष अगाडी नगरपालिकाको ईन्जीनियरसहितको टोली त्याँहा गई अतिक्रमित स्थानको रेखाङ्कन गरेर औपचारिक्ता निभाउनेभन्दा बढी नगरपालिकाले एउटा माखो मार्न नसकेको स्थानियहरुको गुनासो रहेको छ ।
राज्यको यति धरै सम्पति स्थानियहरुको ब्यापक बिरोध हँुदाहँुदै पनि कडाईपुर्बक रोक्न लाग्नुपर्नेमा नगरपालिका औपचारिक्ता निभाउदै आफ्नो टाउको जोगाउन मात्रै लागेको प्रष्टै देखिन्छ । मेघापार्कका सञ्चालक सिद्धि कुमार श्रेष्ठले पैंसा बाडँ्नुको साथै राजनितीक चलखेल समेत गरेको स्थानियहरुको भनाई छ । सार्बजनिक जग्गा पचाउन श्रेष्ठले सामाजिक र धार्मिक आबरणका योजना समेत अगाडी बढाएको उनीहरुको आरोप छ । स्थानियलाई मन्दिरको लागी केही जग्गा दिने र युवाहरुलाई खेल मैंदान दिने लगाएतका कार्य सार्बजनिक जग्गा पचाउने मनाशयको साथ गरेको रहेछ एक स्थानियले भने ।
यसरी एउटा धनाढ्यले योजनाबद्ध रुपमा राज्यको १० औं बिगाहा भन्दा बढी सार्बजनिक जग्गा हडप्न खोजेको विषयमा सञ्चारमाध्यमबाट निरन्तर खबरदारी भईरँहदा समेत सम्बन्धित निकायहरु के हेरी बसिरहेका छन्, आम जनताको प्रश्न छ । मेघापार्कको निर्माण कार्यमा समेत श्रेष्ठले नारायणी र मुकुण्डे खोलाको ग्रयाभेल, गिटी र बालुवा अनियमित तबरबाट मनलाग्दी उत्खनन, डम्पीङ्ग र निकासी गरिरहेको नाङ्गो आँखाले देख्दा यी धनाढ्य श्रेष्ठको अगाडी स्थानिय सरकार देबचुली नगरपालिका र अन्य सरकारी निकाय किन निरिह र मुकर्दशक छन् ?
यस बिषयमा आम जिज्ञासा र आशंका पैदा भईरहेको छ, जस्लाई मेटाउन पनि नगरपालिकाले श्रेष्ठमाथी कार्बाही र अतिक्रमित जमिनको संरक्षण गर्नु जरुरी भईसकेको स्वयं नगर कार्यसमितीकै पदाधिकारीहरुको स्विकारोक्ती छ ।

भण्डाफोर अभियान साप्ताहिकबाट