छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा चीन

काठमाडौं/बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो ।
अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको रहेको छ । तर, चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कुटनीति (कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ । यो समाचार अन्नपूर्णमा छ।